विश्व किर्तिमानी पत्रकार गजरकोटे सम्मानित

सोलुखुम्बु । विश्व किर्तिमानी पत्रकार शिखरजंग श्रेष्ठ (गजरकोट)सम्मानित हुनुभएको छ । सोमबार काठमाण्डौंमा आयोजित नाट्यश्वर म्यूजिक अवार्ड वितरण समारोहमा पत्रकार श्रेष्ठ सम्मानित हुनुभएको हो।

प्रतिनिधि सभा सदस्य प्रदिप पौडेलको प्रमुख आतिथ्यतामा सम्पन्न अवार्ड समारोहमा श्रेष्ठले ‘मोफसल पत्रकारिता सम्मान’ पाउनुभएको हो। उहाँलाई चलचित्र अभिनेत्री बसुन्धरा भूषालले सम्मान पत्र प्रदान गर्नुभएको थियो।

श्रेष्ठ ‘द हाइएष्ट अल्टिच्यूड म्यूजिक भिडियो अन द ल्याण्ड’विधामा गिनिज बुक अफ वल्र्ड रेकर्ड होल्डर हुनुहुन्छ भने उहाँले आठ बर्ष सोलुखुम्बुमा रहेर रेडियो पत्रकारिता गर्नुभएको थियो। हाल नेपालखोजडटकमका सम्पादक श्रेष्ठ गीतकार समेत हुनुहुन्छ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार