सोलुखुम्बु। सोलुखुम्बुको सोलुदुधकुण्ड नगरपालिका ७ गार्माले ८५ घरधुरी कृषकहरुलाई निःशुल्क तरकारीको विरुवा वितरण गरेको छ ।
वडाका कृषकहरुलाई तरकारी खेतीमा थप प्रोत्साहित गर्ने उद्देश्यका साथ ९ हजार बोट काउली, जुकुनी र बन्दाको विरुवा वितरण गरिएको वडाध्यक्ष सोनामग्याल्जेन शेर्पाले जानकारी दिनुभयो।
गार्मा माविको प्राविधिक सहयोगमा उत्पादन गरिएको तरकारीको बेर्ना इच्छुक कृषकहरुलाई वितरण गरिएको वडाध्यक्ष शेर्पाले बताउनुभयो। साथै चाडैँ क्याप्सीकन, गोलभेडा लगायतका तरकारीका विरुवा वितरण गरिने वडा कार्यालय गार्माले जनाएको छ ।
तरकारी खेतीबाट वडावासीको आर्थिक स्तर बृद्धि गराउने उदेश्यका साथ विरुवा वितरणलाई जोड दिइएको बताइएको छ ।