नेविसंघ सोलुखुम्बुले गर्यो जिल्ला कार्य समिति विस्तार

सोलुखुम्बु । नेपाल विद्यार्थी संघ सोलुखुम्बुले जिल्ला कार्य समिति विस्तार गरेको छ। जिल्ला अध्यक्ष नविन बस्नेतले पदाधिकारी तथा सदस्यहरूको मनोनयन गर्दै कार्य समिति विस्तार गर्नुभएको हो।

मनोनित हुनेहरुमा उपाध्यक्षमा सोलुदूधकुण्ड नगरपालिकाका २ का हिरा विक, सचिवमा माप्यदूधकोशी ६ का विभुषण राई, सहसचिवमा लिखुपिके ४ का सन्देश बस्नेत, सदस्यहरूमा सोताङ १ का संगम बस्नेत, सोलुदुधकुण्ड नगरपालिका ५ का अजय थापा, सोताङ ५ का संजोग नाछिरिङ र नेचासल्यान १ का सम्भव राउत रहेका छन्।

जिल्ला कार्य समिति विस्तारसंगै अब संगठन विस्तारमा जोड दिने जिल्ला अध्यक्ष नविन बस्नेतले बताउनुभयो।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार