नेपाली कांग्रेस जिल्ला कार्यसमिति सोलुखुम्बुको प्रशिक्षण प्रमुखको जिम्मेवारी पार्टी उप–सभापति फुदोर्जी शेर्पालाई दिइएको छ । नेपाली कांग्रेसका जिल्ला सभापति नाम्गेलजाङबु शेर्पाले आईतबार पार्टीका जिल्ला उपसभापति शेर्पालाई प्रशिक्षण प्रमुखको जिम्मेवारी प्रदान गर्नुभएको हो ।
नेपाली कांग्रेसको नियमावली २०७६ को दफा ३३ को उपदफा ३ बमोजिम गठन हुने जिल्ला प्रशिक्षण शाखाको प्रमुखमा जिल्ला सभापतिले तोकेको जिल्ला कार्यसमितिको उप–सभापति हुने व्यवस्था छ ।
पार्टीको केन्द्रीय सर्कुलर बमोजिम प्रशिक्षित गर्ने र पार्टीलाई थप मजबुत बनाउने कार्यमा सकृयताका साथ लाग्ने प्रशिक्षण प्रमुख एवं पार्टी उप–सभापति फुदोर्जी शेर्पाले बताउनुभयो ।