नगरपालिकाले वितरण गर्यो मासु व्यवसायीलाई विभिन्न सामग्री

सोलुखुम्बु । सोलुदूधकुण्ड नगरपालिकाले मासु व्यवसायीहरूलाई मासु पसलमा प्रयोग गरिने सामग्री नि:शुल्क वितरण गरेको छ । पशु शाखाको संयोजनमा नगर क्षेत्र भित्रका ३५ जना व्यवसायीहरूलाई एप्राेन, गमबुट, ग्लाेब्स, हेट क्याप, मिटर करलगायतका सामग्री वितरण गरिएको सोलुदूधकुण्ड नगरपालिकाको पशु शाखाका प्रमुख निरुता चापागाईले जानकारी दिनुभयो।

यस अवसरमा सोलुदूधकुण्ड नगरपालिकाका नगरप्रमुख नाम्गेलजाङबु शेर्पाले मासु पसल व्यवस्थित तरिकाले संचालन गर्न व्यवसायीहरूलाई आग्रह गर्नुभयो। विगत केही समयअघिदेखि व्यवसायीक रुपमा सरसफाईलाई ध्यानमा राखेर पसल सञ्चालनमा सहजीकरण गरिरहेको भन्दै आगामी दिनमा मापदण्ड पूरा नगरेको पाइएमा नगरपालिका कडा कदम चाल्न बाध्य हुने बताउनुभयो।

सामग्री वितरण गर्दै प्रमुख प्रशासकीय अधिकृत कोपिला राईले मासु व्यवसायीले पालना गर्नुपर्ने मापदण्डको जानकारी गराउदै सरसफाईमा विशेष ध्यान दिनुपर्ने सुझाव दिनुभयो। मापदण्ड पालनामा प्रोत्साहन गर्न सामग्री वितरण गरेको र आगामी दिनमा आफैले व्यवस्था गर्नुपर्ने उहाँको भनाइ छ।

सामग्री पाएपछि खुशी व्यक्त गर्दै व्यवसायीहरूले ग्राहकलाई केन्द्रमा राखेर व्यवसाय गर्ने बताएका छन्।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार