थुलुङ दुधकोशीको कृषि एम्बुलेन्स सेवा प्रभावकारी बन्दै

सोलु्खुम्बु । सोलुखुम्बुको थुलुङ दूधकोशी गाउँपालिकाले प्रयोगमा ल्याएको कृषि एम्बुलेन्स प्रभावकारी बनेको छ । पालिकाले कृषकहरुको कृषि उपजलाई बजार सम्म पु¥याउने उदेश्यका साथ करिब ६ महिना अघि खरिद गरेको कृषि एम्बुलेन्स प्रभावकारी बनेको हो ।

कृषकलाई खेती प्रति आर्कषित गराउन ढुवानीका लागि ७५ प्रतिशत अनुदानमा गाडी(कृषि एम्बुलेन्स)को व्यवस्था गरेको छ । उक्त एम्बुलेन्सले अहिले पालिका क्षेत्रमा उत्पादित कृषि उपजहरु जिल्ला भित्र तथा बाहिर लगिरहेको गाउँपालिका अध्यक्ष अशिम राईले बताउनभयो ।

पालिका क्षेत्रबाट स्थानीय बजारमा बढी भएका आलु, किबी, केरा लगायतका कृषि उपजहरु विराटनगर, काठमाण्डौँसहितका क्षेत्रमा बिक्रीका लागि पठाइएको जनाइएको छ । मंगलबार वडा नम्बर २ स्थित काँगेलमा उत्पादन भएको २० मुरी आलु स्थानीय बजारले धान्न नसकेपछि वडा कार्यालयले सङ्कलन गरेर काठमाण्डौ पठाएको वडाअध्यक्ष युजन बस्नेतले जानकारी दिनुभयो ।

गाउँबाट सङ्कलन गरेको आलु काठमाण्डौमा रहेका थुलुङ दुधकोशी गाउँपालिकावासीलाई नै सुलभ मूल्यमा उपलब्ध गराउने वडा कार्यालयले जनाएको छ ।

पहिलो चरणमा २० मुरी आलु सङ्कलन गरेर पठाएको र माग अनुसार थप आलु पठाउने वडाध्यक्ष बस्नेतले बताउनुभयो । थुलुङ दुधकोशी क्षेत्रमा खेती गर्न चहाने कृषकको उत्पादनको बजारको जिम्मा गाउँपालिकाले लिने उदेश्यका साथ जिल्लामै पहिलो पटक आफुहरुले कृषि एम्बुलेन्स खरिद गरेर सञ्चालन गरेको गाउँपालिका अध्यक्ष असिम राईले बताउनुभयो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार