सोलुखुम्बु । सोलुदुधकुण्ड नगरपालिकाले ६८ करोड रुपियाँ भन्दा बढीको बजेट नगर सभामा पेस गरेको छ । नगरपालिकाका उपमेयर गान्धीमाया तामाङले १२ औँ नगरसभामा ६८ करोड ७१ लाख ३ हजार ५ सय रुपियाँको बजेट पेश गर्नुभयो ।
जसमा चालुतर्फ ४२ करोड ७७ लाख एक हजार ३२० रुपियाँ व्ययको अनुमान गरिएको छ भने पुँजीगततर्फ २५ करोड ९४ लाख दुई हजार १८० रुपियाँ बजेट वनयोजन गरिएको छ ।
संघीय सरकार बाट रु. ६० करोड ५३ लाख १६ हजार, प्रदेश सरकार बाट रु. ३ करोड ९२ लाख, ८२ हजार, आन्तरिक स्रोतबाट रु. ३ करोड ४ लाख ७५ हजार ५०० आम्दानी हुने अनुमान गरिएको छ । राजस्व बाँडफाडबाट रु. १ करोड २० लाख ३० हजार बजेट आउने प्रक्षेपण गरिएको छ ।
यसै क्रममा नगरपालिकाले आगामी आर्थिक वर्षका लागि ल्याएको नीति तथा कार्यक्रम नगर सभाबाट पास भएको छ । शिक्षा, स्वास्थ्य, कृषि, पर्यटन तथा पूर्वाधारको विकासलाई प्राथमिकतामा रखिएको नगरसभाका अध्यक्ष तथा नगरप्रमुख नाम्गेलजाङबु शेर्पाले जानकारी दिनुभयो ।
गुणस्तरीय र व्यवसायिक शिक्षामा जोड दिंदै सीपमूलक जनशक्ति उत्पादन गर्ने, स्वास्थ्य सेवालाई प्रभावकारी र गुणस्तरीय बनाउने, गुणस्तरीय र दिगो भौतिक पूर्वाधार विकासमा जोड दिने, नगरपालिकाको विकास निर्माण र सेवा प्रवाहलाई सरल, सहज, पहुँचयोग्य, पारदर्शी र नागरिकमैंत्री बनाउन उच्चतम प्रविधि सहितको संस्थागत पूर्वाधार निर्माणमा जोड दिने, कृषिमा आत्मानिर्भर बनाउन यान्त्रिकरण, व्यवसायिकरण र बजारीकरणमा जोड दिने, नगरपालिका क्षेत्रको पर्यटकीय पूर्वाधारमा लगानी गरी पर्यटन प्रवर्द्धन गर्ने, स्थानीयस्तरमा रोजगारीको सिर्जना गर्न स्थानीय ज्ञान, सिप र क्षमतायुक्त जनशक्तिको उत्पादन र परिचालनमा जोड दिने, महिला, दलित अपाङगता भएका व्यक्ति आदिवासी जनजाती एकल महिला विपन्न वर्गका समुदायको संरक्षण र प्रवर्द्धन गर्ने, खेलकुदका लागि आवश्यक पूर्वाधारको निर्माण गर्ने, धार्मिक सांस्कृतिक तथा पुरातात्विक महत्वको सम्पदाको संरक्षण तथा सम्वर्द्धन गर्ने जस्ता प्राथमिकता नीति तथा कार्यक्रममा रहेका छन् ।
आगामी आर्थिक वर्षका लागि राखिएका उद्देश्य कार्यान्वयन गर्न अवलम्बन गरिने क्षेत्रगत प्रमुख नीति तथा कार्यक्रमहरू
१) शिक्षा
१) जिल्लाकै पहिलो र गौरवको रुपमा रहेको सोलुखुम्बु बहुमुखी क्याम्पसको शैक्षिक सुधारको लागि प्रदान गरिने अनुदानलाई निरन्तरता दिइनेछ ।
२) नगरपालिकाको वडा नं. ७ गार्मामा एक सुविधा सम्पन्न प्राविधिक तथा व्यवसायिक तालिम केन्द्रको स्थापना गरी संचालन गरिनेछ ।
३) विद्यालयमा शिक्षक विद्यार्थीको अनुपातमा दरबन्दीको पुनरावलोकन गरी आवश्यकता अनुसार शिक्षक वितरण गरिनेछ ।
४) प्रारम्भिक बाल विकास शिक्षकलाई तोकिएको समय र जिम्मेवारी मात्र वहन गराउने कार्यको सुनिश्तिच गरिनेछ ।
५) सबैका लागि शिक्षा को अवधारणा बमोजिम अनिवार्य तथा निःशुल्क शिक्षा प्राप्त गर्ने वातावरण सृजना गर्न प्रदान गरिने दिवाखाजा कार्यक्रमको दुरुपयोग हुन नदिन कडाईका साथ अनुगमन गरिनेछ ।
६) संस्थागत विद्यालयले नियमानुसार अनिवार्यमा रुपमा उपलब्ध गराउनु पर्ने कम्तिमा १० प्रतिशत छात्रावृत्ति वितरण गर्नुपर्ने कानुनी व्यवस्थालाई कडाइका साथ लागू गरिनेछ ।
७) नगरपालिकाभित्रका विद्यालयहरुमा वर्षभित्र स्थानीय पाठ्यक्रम पाठ्यपुस्तक निर्माण गर्ने अघिल्लो नीतिलाई प्रभावकारी रुपमा कार्यान्वयन गरिनेछ ।
८) विद्यालयहरुमा प्रविधिमैंत्री सिकाईलाई जोड दिंदै हरेक विद्यालयमा स्मार्टबोर्डको व्यवस्था गरिनेछ ।
९) मातृभाषामा तथा अंग्रेजी भाषामा शिक्षा दिन चाहने आधारभूत विद्यालयलाई सहजीकरण गरिनेछ,विद्यालयमा विद्युतीय हाजिरीका साथै विद्यालयको क्रियाकलाप सिधैं नगरपालिकाबाट अनलाइन मनिटरिङ गर्ने कार्यको थालनी गरिनेछ ।
१०) हरेक शैक्षिक वर्षको एसइइ र ४–९ कक्षासम्मो परिक्षामा सर्वोत्कृष्ट अंक ल्याउने विद्यार्थीलाई पुरस्कृत गरिनेछ । साथै उक्त परिक्षा उत्कृष्ट नतिजा ल्याउने विद्यालयलाई समेत पुरस्कृत गरिनेछ ।
११) विद्यालयहरूमा अतिरिक्त क्रियाकलापमा जोड दिदै हरेक शुक्रबार खेलकुद, नृत्यकक्षा, वक्तृत्वकला, हाजिरीजवाफ जस्ता अतिरिक्त क्रियाकलापहरु संचालन गर्न जोड दिइनेछ ।
१२) खेलकुदबाट बालबालिकाहरूको शारीरिक र मानसिक विकास हुनुका साथै आत्मविश्वासमा समेत वृद्धि हुने भएकोले राष्ट्रपति रनिङ् शिल्ड प्रतियोगिता तथा अन्य खेलकुद गतिविधिलाई विद्यालयहरूसँगको समन्वय र सहकार्यबाट निरन्तरता दिइनेछ ।
१३) विद्यालयमा स्वास्थ्य तथा सरसफाईयुक्त वातावरण निर्माण गरिनेछ, साथै विद्यालयको पुनर्निर्माण तथा भौतिक पूर्वाधार निर्माण कार्यलाई निरन्तरता दिइनेछ ।
१४) केन्द्र सरकार तथा प्रदेश सरकारको सहकार्यमा किशोरी छात्राहरूलाई नियमित रूपमा विद्यालयमा उपस्थित हुनको लागि प्रोत्साहित गरिनेछ । विद्यालय छोड्नेदर घटाउन किशोरीहरुलाई निःशुल्क स्यानीटरी प्याडको व्यवस्था गरिनेछ । साथै उक्त प्याड डिस्पोजल आधुनिक प्रविधिको विद्युतीय मेसिनको व्यवस्था गरिनेछ ।
१५) विद्यायलयमा विद्यार्थी र शिक्षक दरबन्दी अनुपात मिलाइनेछ । विषय शिक्षक नभएका विद्यालयहरूमा विषयगत शिक्षक व्यवस्थापन गर्नका लागि थप अनुदान उपलब्ध गराउने कार्यलाई अगाडि बढाइनेछ ।
१६) विद्यालयलाई व्यवस्थित रूपमा संचालन गर्न विद्यालय क्षेत्र सुधार योजना (क्क्ष्ए) अनिवार्य रूपमा कडाईका साथ लागू गरिनेछ ।
१७) सबै सामुदायिक विद्यालयहरूमा उत्कृष्ट अध्यापन गराउने शिक्षकहरुको समुचित मूल्याङ्कन गरी टिचर अफ द इयर कार्यक्रम संचालन गरिनेछ ।
१८) भौतिक पूर्वाधार, शिक्षामा पहुँच तथा गुणस्तरीय शिक्षा सुनिश्चतताको लागि विभिन्न गैरसरकारी संघसंस्थाहरूसँग सहकार्य गरी समुचित प्रबन्ध गरिनेछ ।
२) स्वास्थ्य
१. “समृद्ध नगरपालिकाको लागि स्वस्थ नागरिक सुरक्षित र गुणस्तरीय सेवा आजको आवश्यकता” भन्ने मूल नाराका साथ नागरिकलाई सुरक्षित र गुणस्तरीय स्वास्थ्य सेवा उपलब्ध गराउने नीतिलाई निरन्तरता दिइनेछ ।
२. नगरपालिकाको वडा नं. ८, ९, १० को नागरिकलाई भरपर्दो स्वास्थ्य सेवा प्रदान गर्न स्थापित १५ शैयाको वाङछु मेमोरियल प्राथमिक अस्पताल संचालनलाई थप व्यवस्थित गरिनेछ ।
३. ज्येष्ठ नागरिक, क वर्गको अपाङता भएका व्यक्ति र गर्भवती तथा सुत्केरी महिलालाई घर घरमा पुगी निःशुल्क रुपमा स्वास्थ्य जाँचको कार्यक्रमलाई निरन्तरता दिइनेछ,
४. हालसम्म नगरबासीलाई प्रदान गरिदै आएको एम्बुलेन्स सेवालाई थप प्रभावकारी बनाइनेछ । शव व्यवस्थापनको आवश्यकतालाई महसुस गरी शव वाहनको संचालनमा ल्याइनेछ । साथै हेली एम्बुलेन्सको अवधारणालाई कार्यान्वयन गर्न आवश्यक व्यवस्था मिलाईनेछ ।
५. सुत्केरी अवस्थामा आमा र नवजात शिशुको स्वास्थ्य अवस्थाको ख्याल राख्न कोशेली सहितको सुत्केरी भेटघाट कार्यक्रम लाई पुनरावलोकन गरिनेछ ।
६. बालबालिका, गर्भवती महिला र अन्य बिरामीहरूको स्वास्थ्य परीक्षणका लागि प्रत्येक वडा तहमा नै दाँत, आँखा, ल्याव, ई सि जि , भिडियो एक्सरे सेवा सहित चिकित्सकको टोलिबाट गैर सरकारी संघ संस्थासँगको साझेदरीमा घुम्ती स्वास्थ्य शिविरसंचालन गरिनेछ ।
७. गम्भीर तथा आपतकालिन अवस्थाका विपन्न विरामीहरूलाई नगरपालिकाको स्वास्थ्य उपचार कोषबाट सहयोग गर्ने कार्यलाई निरन्तरता दिइनेछ,
८. विद्यालय र स्वास्थ्य संस्थाको साझेदारीमा विद्यालयका बालबालिकाहरूको स्वास्थ्य परीक्षण तथा स्वास्थ्य सम्बन्धी शिक्षण कार्य सञ्चालनमा ल्याइनेछ,
९. स्वास्थ्यकर्मी र महिला स्वास्थ्य स्वयंम सेविकालाई पुनर्ताजगी तालिम संचालनको लागि प्रदेश सरकारसँग समन्वय गरिनेछ ।
१०. नगरपालिकाभित्र रहेको निजी क्लिनिक र मेडिकल हलहरूबाट प्रदान गरिने सेवाहरूको गुणस्तरीयता सम्बन्धी अनुगमन नियमन गरिनेछ ।
११. स्वास्थ्य संस्थामा सुत्केरी गराउनेको संख्या बढाउनका लागि प्रोत्साहन गर्ने नीति अवलम्बन गरी मातृ तथा नवजातशिशु स्वास्थ्य सेवालाई थप प्रभावकारी बनाइनेछ ।
१२. प्रजनन् स्वास्थ्य सेवालाई थप प्रभावकारी बनाउन समुदायमा महिलाहरूको प्रजनन रूग्नता र समस्याहरूको पहिचान र व्यवस्थापनका लागि समुदायस्तरमा पाठेघरको मुखको क्यान्सर स्क्रिनिङ र रिङ पेशरी सेवालाई निरन्तरता दिइनेछ ।
१३. स्वास्थ्य क्षेत्रमा नगरपालिकाभित्र नीजि क्षेत्रबाट गरिने लगानीको लागि आवश्यक सहजीकरण र सहकार्य गरिनेछ ।
१४. हरेक शैक्षिक संस्थामा प्राथमिक उपचारका लागि व्यवस्था गरिएको एक विद्यालय एक नर्स कार्यक्रम प्रभावकारी रुपमा संचालन गर्न प्रदेश सरकारसँग सहकार्य र समन्वय गरिनेछ,
१५. नसर्ने रोगको जोखिम न्युनीकरण गर्नका लागि आवश्यक कार्यक्रम संचालन गरिनेछ ।
१६. नगरपालिका अन्तर्गतका स्वास्थ्य चौकीहरुमा इन्टरनेटको व्यवस्था गरी म्ज्क्ष्क्द्द, भ्ीःक्ष्क् म्बतब भलतचथ कार्यलाई शुरु गरी स्वास्थ्य संस्थालाई प्रविधिमैंत्री बनाइनेछ ।
३) महिला, वालवालिका, अपाङ्ग तथा जेष्ठ नागरिक र सामाजिक सुरक्षा
महिला
१) विपन्न महिला, एकल महिला तथा पछाडी परेका महिलाहरूको आयआर्जनसँग जोड्ने कार्यक्रम संचालन गरिनेछ ।
२) घरेलु हिंसा प्रभावितका लागि सेवा केन्द्र संचालनको लागि संघीय सरकारसँगको सहकार्यमा प्रभावकारी रुपमा संचालन गरिनेछ ।
३) लैङ्गिक तथा घरेलु हिंसामा परेका महिला तथा किशोरीहरूलाई सुरक्षाको लागि जिल्ला कानुनी सहायता समितिसँगको समन्वयमा निःशुल्क रुपमा कानुनी सेवा उपलब्ध गराइनेछ । साथै निःशुल्क रुपमा कानुनी सेवा प्राप्त गर्न लक्षित वर्गलाई अभिमुखीकरण गरिनेछ ।
४) नगरपालिका क्षेत्रको महिलाहरुको सशक्तिकरण र विकासको लागि महिलासँग उपमेयर कार्यक्रम संचालन गरिनेछ ।
५) लैंगिक तथा यौनिक अल्पसंख्यक समुदायको समाजमा छुट्टै अस्तित्व र पहिचान निर्माण गर्ने वातावरणको सिर्जना गर्न समन्वयात्मक रुपमा कार्यक्रम संचालन गरिनेछ ।
बालबालिका
१) बालबालिकाको हक अधिकारको संरक्षण र संवर्द्धन गर्दै आगामी तीन वर्षभित्रमा बालमैंत्री स्थानीय शासनको अवलम्बन गरिनेछ ।
२) बालबालिकाहरूको क्षमता प्रस्फुटित गराउनका लागि बाल क्लब, बालसंजाल, किशोरी समूह जस्ता समूह गठन गर्नका साथै बाल संसद र बाल स्थानीय सरकारको अभ्यास गरिनेछ ।
३) उमेर पुगेर पनि विद्यालय भर्ना नभएका बालबालिकालाई विद्यालय भर्ना गराउन पालिका समुदाय साझेदारीमा विशेष अभियान संचालन गरिनेछ,
४) बालबालिकाको मनोरन्जनको लागि उपयुक्त स्थानको छनौट गरी निजि क्षेत्रसँगको साझेदारीमा हरेक वडामा एक बाल उद्यान निर्माण गरिनेछ,
५) अनाथ, असहाय, श्रमशोषण लगायत जोखिममा परेका बालबालिकाहरूको संरक्षण,उद्दार र पुनःस्थापनाका लागि बालसंरक्षण केन्द्रको निर्माण कार्य यसै वर्ष समपन्न गरी संचालनमा ल्याइनेछ ।
६) नगरपालिका क्षेत्रमा रहेका बाल शोषणमा परेका बालबालिकाको तथ्याङ् संकलन गरि बालश्रममूक्त नगरपालिका घोषणा गरिनेछ ।
७) नगरपालिका क्षेत्रका बालबालिकासँग मेयर कार्यक्रम संचालन गरिनेछ ।
८) बालिकाको सुन्दर भविष्यको सुनिश्चित गर्नका लागि बालिका बचत कार्यक्रम संचालन गरिनेछ ।
९) नगरबालिकाको क्षेत्रभित्रको सार्वजनिक भौतिक संरचनाको निर्माण गर्दा बालबालिकामैत्री संरचनामा जोड दिइनेछ ।
अपाङ्ग
१) अपाङगता न्यूनीकरण तथा रोकथामका लागि उद्योग तथा कलकारखाना र निर्माण क्षेत्रमा सुरक्षाको मापदण्ड अनिवार्य रुपमा पालना गराइनेछ ।
२) अपाङ्ग एवं असहाय वर्गहरुको पुनःस्थापना र न्यूनीकरणका लागि संघ, प्रदेश र गैर सरकारी संस्थाको सहकार्यमा आवश्यक कार्यक्रम संचालन गरिनेछ ।
३) अपाङ्ग एवं असहाय वर्गहरुलाई समाजमा आत्मासम्मानपूर्वक बाँच्नका लागि सिप अनुसार आयआर्जन गर्ने वातावरणको सिर्जना गरिनेछ ।
४) अपाङ्ग र असहाय व्यक्तिहरूको समस्या र आवश्यक्ताको पहिचान गरी ह्विल चियर, बैशाखी लगायतका जीवनयापनमा सहज हुने सामग्री प्रदान गरिनेछ ।
५) अपाङ्ग र असहाय व्यक्तिहरूलाई आर्थिक रूपमा आत्मनिर्भर बनाउन सीपयुक्त तथा आयआर्जनसँग सम्बन्धित योजनालाई अनुदानमा प्राथमिकता दिइनेछ ।
६) नगरक्षेत्र क्षेत्रभित्रका अपाङ्ममैंत्री संरचना निर्माणमा जोड दिइनेछ ।
ज्येष्ठ नागरिक र सामाजिक सुरक्षा
१) बृद्धभत्ता तथा अन्य सामाजिक सुरक्षा भत्तालाई बैंकिङ प्रणाली मार्फत वडा वडामा पुगेर वितरण गरिनेछ ।
२) नगरपालिकामा निर्माणाधिन अवस्थामा रहेका बृद्धा आश्रमको निर्माण कार्य सम्पन्न गरिनेछ ।
३) जेष्ठ नागरिकहरूसँग रहेको संस्कार, अनुभव, तथा सामाजिक व्यवहारलाई भावि युवा पुस्तामा अन्तरक्रियाको माध्यमबाट हस्तान्तरण गर्न अन्तर पुस्ता हस्तान्तरण कार्यक्रम संचालन गरिनेछ ।
४) दीर्घ रोग भएका बृद्धबृद्धालाई घरघरमै स्वास्थ्यजाँच तथा नेपाल सरकारले प्रदान गर्ने सबै प्रकारका औषधीहरू नियमित रूपमा उपलब्ध गराउनुको साथै थप औषधिको व्यवस्था मिलाइनेछ ।
४) भौतिक पूर्वाधार विकास
सडक/पुल
१) जिल्लालाई लिखुपिके गाउँपालिकासँग जोड्ने रणनीतिक महत्वको टाक्टोर–लाम्जुरा सडकको स्तरोन्नती गरिनेछ ।
२) सदरमुकाम सल्लेरीबाट सिलगुढी डाडा हुँदै माप्य गाउँपालिका जोड्ने सडकको ११ कि.मी. को निर्वाचन क्षेत्र रणनीति सडक कालोपत्रे गर्ने कार्य संघीय सरकारको सहयोगमा यसै वर्ष शुरु हुनेछ ।
३) फाप्लु – रिङ्मु – नुनथला हुँदै खुम्बुपासाङल्हामु गाउँपालिका जोड्ने सगरमाथा हाइवे सडक खण्डको १० कि. मि. सडक कालोपत्रे गर्ने कार्य यसै वर्षबाट शुरु हुनेछ ।
४) तिङला रमिते बरडाडा हुँदै नेचासल्यान गाउँपालिका जोड्ने कृषि सडक कालोपत्रे गर्नका लागि नगरपालिकाको प्राथमिकतामा राखिनेछ ।
५) फाप्लु – बेनी – थुप्तेन छोलिङ जोड्ने १४ कि. मी. सडक स्तरोन्नती गर्ने कार्य यसै वर्ष शुरु गरिनेछ ।
६) धाप – सिंगाने हुँदै टाप्टिङ – लुम्सासम्म जोड्ने सडक स्तरोन्नती गरिनेछ ।
७) अन्तर्राष्ट्रिय दातृ निकाय (स्वीस) र नगरपालिकाको ५०÷ ५० प्रतिशत लागत साझेदारीमा लुम्सा दिमिल सडकको स्तरोन्नती गरिनेछ ।
८) तामाखानी – जस्माने भञ्ज्याङ हुँदै लिखुपिके जोड्ने र लोदिङ– देनासा हुँदै लिखुपिके गोली जोड्ने अन्तरपालिका सडक ट्रयाक ओपनलाई प्रथमिकतामा राखिनेछ । साथै टाप्टिङ – झाप्रे हुँदै लिखुपिके जोड्ने सडकलाई स्तरोन्नती गरिनेछ । धुलिखेल– सिलगुडी डाँडा हुँदै माप्य दुधकोशी जोड्ने सडकको स्तरोन्नती गरिनेछ । फाप्लु – रातनाङ्गे हुँदै माप्य दुधकोशी जोड्ने सडक स्तरोन्नती गरिनेछ ।
९) नगरपालिका क्षेत्र भित्र वडाले तोकेको प्राथमिकताको आधारमा ट्रयाक ओपन गर्दै लगिनेछ । साथै ट्रयाक ओपन भई सकेका सडकहरुको प्राथमिकता र आवश्यकताको आधारमा स्तरोन्नती गर्दै लगिनेछ ।
१०) सबै वडाको प्रत्येक टोल, बस्तीमा दमकल तथा एम्बुलेन्स पुग्न सक्ने गरी सडक फराकिलो पार्ने कार्यलाई नगरपालिकाको नीतिको रूपमा अवलम्बन गरिनेछ ।
११) रहेको सडकहरूको लगत कट्टा गरिने कार्यको थालनी गरिनेछ ।
१२) विद्युतीय सवारी साधनको प्रयोगलाई प्रोत्साहन गर्दै चार्जिङ स्टेशनहरूको निर्माणका लागि अध्ययन गरिनेछ,
१३) पर्यटकीय महत्वका स्थान पिके, जुनवेशी – थुप्तेन छोलिङ – दुधकुण्ड – टाक्सिन्दु जोड्ने निर्माणाधिन पथमार्गलाई यसै वर्ष सम्पन्न गर्न पहल गरिनेछ ।
१४) ओखलढुङ्गा–सल्लेरी सडक खण्ड जिर्ण हुदै जाँदा सवारी आवागमनमा समस्या भएङ्कोले सोको मर्मत कार्यका लागि सम्बन्धित निकायमा पहल गर्ने ।
ढल व्यवस्थापन
१) फाप्लु, दोर्पु ढल प्रशोधन निर्माण कार्यलाई सम्पन्न गरिनेछ । साथै सल्लेरी क्षेत्रको ढल प्रशोधन केन्द्रको निर्माण कार्यलाई अगाडि बढाइनेछ ।
२) वडास्तरको बजार क्षेत्रमा समेत ढल व्यवस्थापन गर्ने नीति अवलम्बन गरिनेछ ।
पूलतर्फ
१. नगरपालिकाको आफ्नै लगानीमा बेनी खोला, तामाखानी खोला, शालाबेंसी खोला, सोल्नासा खोला, सिसाखोला, सोलुखोला रोशीपुल, सोलुखोला खोरिया पुल,हेवाखोला पुल लगायत दर्जनौं क्षेत्रमा मोटरेवल पुल निर्माण सम्पन्न भई संचालनमा आइसकेको छ । हाल निर्माणधिन रहेको नगरपालिकाको १ नं. वडा र खुम्बुपासाङल्हामु गाउँपालिका जोड्ने दुधकोशी नदिको जुभिङघाट पुललाई यसै वर्ष निर्माण सम्पन्न गरी संचालनमा ल्याउन पहल गरिनेछ ।
२. नगरपालिका ११ नं. वडा स्थित सोलुखोला (भूतछागा) मा तिङ्ला र थुलुङदुधकोशी गाउँपालिकाको नेले जोड्ने मोटरेवलपुलको निर्माण कार्य यसै वर्षबाट शुरु गर्न पहल गरिनेछ ।
३. वडा नं.७ स्थित गार्मा र भित्ताखर्क जोड्ने सोलुखोलामा निर्मित कल्भर्टको ठाउँमा मोटरेवल पुल निर्माणको लागि प्रदेश ÷ संघीय सरकार समक्ष पहल गरिनेछ ।
४. नगर क्षेत्रको अधिकांश ठाउँमा झोलुङ्गे पुल र ट्रष्ट विज निर्माण भई संचालनमा आइसकेको र यसै वर्ष तिङ्ला र गार्मा जोड्ने सोलुखोला, वडा नं, २ को पाङ्कार्मा खोला र वडा नं. १ को डासाखोला वडा नं. ८ को चाँगेटार, वडा नं.७ को तल्लो जोगरा भित्तेखोलामा झोलुङ्गे पुल निर्माण गरिनेछ । यसैगरी वडा नं ४ को चिवाङ खोलामा ट्रस्ट ब्रिज निर्माण गरिनेछ ।
भवनतर्फ
१) नगरपालिकाको सेवालाई थप प्रभावकारी बनाउन यस आर्थिक वर्षमा सुविधासम्पन्न प्रशासकीय भवनको निर्माण कार्य थालनी गरिने छ ।
२) हालसम्म ३ वडा कार्यालयकोहरुको भवन निर्माण सम्पन्न भैसकेको छ । यस आर्थिक वर्षमा ९ र ११ को वडा सम्पन्न गरी संचालनमा हुनेछ भने बाँकि वडा कार्यालयको भवन निर्माणको लागि म्एच् तयार गरी निर्माण गरिनेछ ।
५) शहरी विकास
१) नगरपालिकाको मुख्य बजार क्षेत्रमा निर्माण हुने घर÷कार्यालय तथा व्यापारिक कम्प्लेक्सहरूलाई नगरपालिकाको मापदण्डमा रहेर मात्रै निर्माण अनुमति दिइने छ भने व्यवस्थित शहरीकरणमा जोड दिइनेछ ।
२) नगरपालिकाभित्र नयाँ घर निर्माण गर्दा सोलुखुम्बु जिल्लाको मौलिकता झल्किने खालको घरहरू बनाउने नीति अवलम्बन गरिनेछ । यसका लागि नगरपालिकाबाट घर तथा टहराको नमुना उपलब्ध गराइनेछ ।
३) नगरपालिकाको मुख्य बजार क्षेत्र फाप्लु, सल्लेरी, नयाँबजार, दोर्पु बजारमा रहेका अव्यवस्थित घर टहरा, ग्यारेज, तार हटाइ शहरी व्यवस्थापनमा जोड दिइनेछ ।
६) पर्यटन
१) नगर क्षेत्रमा रहेका पर्यटकिय क्षेत्रको प्रवर्द्धन र विकास गर्दै नगरपालिका क्षेत्रमा पर्यटक झिकाउने र टिकाउने नीति अबलम्बन गरिनेछ ।
२) नगरपालिकालाई थप आकर्षक र पर्यटकीय नगरको रूपमा विकसित गर्न आवश्यक पूर्वाधार निर्माण गर्दै नगरपालिका क्षेत्रमा पर्यटनको नयाँ पथमार्गको पहिचान गरि निर्माण गरिनेछ ।
३) पर्यटकीय गन्तव्यमा रहेका धार्मिक तथा पुरातात्विक महत्व बोकेका गुम्बाको मर्मत नेपाल पर्यटन व्यवसायी संघको सहकार्यमा गरिनेछ ।
४) नगरपालिकाको पहलमा पत्ताले बजारमा निर्माण शुरू गरिएको पर्यटन पार्कलाई चाँडै पूर्णता दिइनेछ । साथै पत्ताले बजार क्षेत्रलाई थप स्तरउन्नती गर्दै तराईको गर्मी मनाउने आन्तरिक पर्यटन हबको रूपमा विस्तार गरिदै लगिनेछ ।
५) पर्यटन क्षेत्रका विज्ञ तथा सरोकारवालासँगको समन्वयमा एक गाउँ एक होमस्टेको नीति अवलम्बन गरी आयमुलक व्यवसायको रूपमा विकास गर्दै लगिनेछ ।
६) आन्तरिक तथा बाह्य पर्यकको ध्यान तान्न नगरपालिका क्षेत्रमा रहेका प्रशिद्ध धार्मिक प्राकृतिक सम्पदाहरुको संभाब्यता अध्ययनको कार्य अगाडी बढाइनेछ ।
७) नगरपालिकाको पर्यटन क्षेत्रको विकासको लागि दीर्घकालिन पर्यटन रणनीतिक योजना (ीयलन तभचm त्यगचष्कm कतचबतभनष्अ उबिल) निर्माण गरी लागू गरिनेछ ।
७) खानेपानी तथा सरसफाईः
१) नगरक्षेत्रभित्रका व्यवस्थित पिउने खानेपानी संचालन गरी नगरबासीलाई शुद्ध खानेपानीको व्यवस्था मिलाइनेछ ।
२) प्रत्येक वडाहरूमा स्वच्छ एवं आधारभूत गुणस्तरीय खानेपानीका लागि “एक घर एक धारा” को अवधारणा बमोजम कार्यक्रम संचालन गरिनेछ ।
३) स्थानीय समुदायसँगको सहकार्यमा नगरभित्रका खानेपानीका स्रोतहरूको अभिलेखीकरण गरी खानेपानी मुहान संरक्षण गर्न कार्यक्रम सञ्चालन गरिनेछ ।
४) यस अघि नै नगरपालिकालाई सिसा वोतलमुक्त नगर बनाइ सकिएको छ उक्त कार्यलाई निरन्तरता दिदै यस आ.व.मा सफा र हराभरा नगर निर्माणको अभियानलाई निरन्तरता दिइनेछ ।
५) स्वच्छ, सफा नगरपालिकाको परिकल्पना अनुरुप फोहोरमैलाको दिगो व्यवस्थापनका लागि उपयुक्त विकल्पको खोजी गरिनेछ ।
६) विभिन्न वडाहरूको बजारक्षेत्रमा ढल निकासको कार्यलाई प्राथमिकताका साथ व्यवस्थित गरिनेछ ।
७) वजार क्षेत्रमा निर्माण भएका नीजि तथा व्यवसायिक भवनहरूको ढल निकासीका लागि सैफ्टी ट्याङक व्यवस्थित भए नभएको अनुगमन गर्न संयन्त्र निर्माण गरिनेछ भने सेफ्टी ट्याङक निर्माणलाई व्यवस्थीत एवं अनिवार्य गरिनेछ ।
८) फोहोरमैला वातावरण व्यवस्थापनः
१) “स्वच्छ सफा हरियाली नगर” को अवधारणा लागू गर्न फोहोरमैलालाई आधुनिक प्रविधिबाट व्यवस्थापन गरिनेछ ।
२) मुख्य बजार क्षेत्र (ऋयचभ ःबचपभत ब्चभब) को सरसफाई एवं सुन्दरता अभिवृद्धिका लागि टोल विकास समितिहरूको गठन गरी समितिहरूसँगको सहकार्यमा सरसफाईका कार्यक्रमहरूलाई निरन्तरता दिइनेछ । यसको लागि टोल विकास समितिलाई आवश्यक सचेतनामूलक कार्यक्रम संचालन गरिनेछ ।
३) फोहोरमैलाई व्यवस्थापन गर्दा स्रोतमै न्युनीकरण उब्जेका फोहोरलाई वर्गिकरण गर्ने कार्य अगाडी बढाइनेछ ।
४) नगर क्षेत्रमा प्लाष्टिकजन्य पदार्थको प्रयोगका लागि वर्जित गरिएकोमा यसको पूर्ण रूपमा प्रतिवन्ध गर्दै कपडाको झोला प्रयोगका लागि प्रोत्साहन गरिनेछ ।
५) जथाभावी रुपमा पशु वध गरेर फोहोर उत्पादन गर्ने भएकाले अनिवार्य रुपमा बधशालामामा वध गर्ने कार्यको थालनी गरिनेछ ।
६) बजार क्षेत्रको सुन्दरता बढाउन फाप्लुदेखि सल्लेरी बजार क्षेत्रमा रहेका ग्यारेजहरू फाप्लु, सल्लेरी र दोर्पुबजारभन्दा बाहिर संचालन गर्ने व्यवस्था मिलाइनेछ । साथै बजार क्षेत्रमा रहेको नेपाल टेलिकम लगायत अन्य सेवाप्रदायक निकायको अव्यवस्थित तारको व्यवस्थापन गरिनेछ । उक्त कार्यमा बाधा अवरोध गर्नेलाई कानुनी कारवाहीको दायरामा ल्याइनेछ ।
७) सुन्दर नगरको विकासका लागि साझेदार निकायसँगको सहकार्यमा फोहोरमैला एवंम वातावरण संरक्षणमा जनचेतना मुलक कार्यक्रम संचालन गरिनेछ ।
८) नगरपालिकाको बजार क्षेत्रको फोहोरमैला नगरपालिकाले निःशुल्क रुपमा व्यवस्थापन गर्दै आएकोमा यस आर्थिक वर्षबाट फोहोरमैला शुल्क निर्धारण गरी लागू गरिनेछ ।
९) विपद् व्यवस्थापनः
१) विपद् व्यवस्थापनको लागि आवश्यक कानुन तयार गरि विपद् प्रतिकार्य योजना निर्माण गरी कार्यान्वयन गरिनेछ ।
२) ठाउँ अनुसारको संभावित प्राकृतिक विपद्लाई मध्यनजर गरी विपद्ग्रस्त ठाउँहरूमा जनताले चिन्ने गरी विभिन्न संकेत चिन्हहरू खडा गरिनेछ,
३) विपद् सम्बन्धि पूर्व सूचना दिने पुराना तथा नयाँ प्रविधि (साईरन, सिसि क्यामेर आदि) को अधिकतम प्रयोग गर्न प्रयास गरिनेछ,
४) विभिन्न विपद्हरूको रोकथाम तथा नियन्त्रणका लागि प्रदेश, संघीय सरकारका निकाय तथा गैर–सरकारी संघ–संस्थासँग समन्वय गरी कार्यक्रमहरू सञ्चालन गरिनेछ,
५) विपद्मा परेका व्यक्ति,परिवारलाई राहत दिन स्थापना भएको विपद् जोखिम व्यवस्थापन कोषलाई लगिनेछ, साथै विपद्मा परेका नगरवासीहरूलाई राहत दिन राहत सामग्रीहरूको भण्डारण गरी तत्कालै उपलब्ध गराउने आवश्यक व्यवस्था मिलाइनेछ,
६) जोखिम युक्त स्थलहरूको पहिचान गरी विपद्का बेला राहत र उद्धारका लागि खुला क्षेत्र(इउभल क्उबअभ) समेतको पहिचान गरी जोखिम न्यूनीकरणका कार्यहरू कार्यान्वयन गरिदै लगिनेछ,
७) नगर प्रहरीहरूलाई विपद् व्यवस्थापन तथा उद्दार सम्बन्धी तालिमको व्यवस्था गर्नुका साथै नगरपालिका अन्तर्गत रहेको एम्बुलेन्स, दमकल लगायत अन्य सवारी साधनलाई प्रभावकारी ढंगबाट विपद् व्यवस्थापन र उद्दारका लागि परिचालन गरिनेछ,
८) नगर विपद् व्यवस्थापन कार्य योजना तय गरी नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी, नगर प्रहरी, नागरिक समाज, नेपाल रेडक्रस लगायत अन्य सेवा–संस्थासँगको समन्वयात्मक कार्यको जोड दिइनेछ ।
१०) कृषि तथा पशुपालनः
१) नगरपालिका भित्रका खेतियोग्य जमिनको अवस्थाबारे विवरण तयार गरी जमिनको उर्वरा अनुसार लगाउन सकिने बालीनालीको यकिन गर्ने र सो बमोजिम कृषकलाई सिफारिस गरिनेछ ।
२) स्थानीय कृषि उत्पादन बृद्धि÷वैज्ञानिक कर प्रणालीद्वारा कृषि उपज र पशुजन्य आयातलाई क्रमशः न्यूनीकरण र स्थानीय आत्मानिर्भर कृषितर्फ पालिकालाई अग्रसर गराईनेछ ।
३) नगरपालिकामा स्याउ, किवि, ओखर, तरकारी र रैथाने बालीको लागि एशियाली विकास बैंकसँगको साझेदारीमा कार्यक्रम संचालन गरिनेछ । उक्त कार्यक्रम संचालनका लागि कृषकलाई नगरपालिकाले “क’’ वर्गको बैंकसँग सहजीकरण गरिनेछ ।
४) कृषकहरूलाई प्रदान गरिने अनुदानलाई थप प्रभावकारी बनाउन आवश्यक व्यवस्था गरिनेछ ।
५) कृषि बालिमा लाग्ने रोग किराहरूको रोकथाम तथा निदान र पशुचौपायाहरूमा लाग्ने रोगहरूको उपचारका लागि एकिकृत रुपमा प्राविधिक जनशक्तिको व्यवस्था मिलाइनेछ ।
६) नगरक्षेत्रमा कृषि पेशामा उत्कृष्ट काम गर्ने कृषकहरूलाई तालिम र प्रोत्साहनको व्यवस्था गरिने छ । हरेक वर्ष प्रत्येक वडाबाट १÷१ जना कृषकहरूलाई नगर कृषि सम्मानले पुरस्कृत गरिनेछ ।
७) स्थानीय हाट बजारलाई कृषि उपज विक्री केन्द्रको रुपमा विकास गरिनेछ ।
८) यस आर्थिक वर्षमा शुरु गरिएको कृषि बाली विमा कार्यक्रमलाई संघीय सरकारसँगको सहकार्यमा निरन्तरता दिंदै पशु विमाका लागि आवश्यक प्रवन्ध मिलाइनेछ ।
९) कृषिको उत्पादन तथा उत्पादकत्व बृद्धि गर्न, कृषि क्षेत्रमा रोजगार बढाउन आवश्यक कार्यक्रम संचालन गरनेछ ।
१०) जैविक मल उत्पादनमा जोड दिदै अर्गानिक कृषि उत्पादनको लागि कृषकहरूलाई प्रोत्साहित गरिनेछ । पशुपालन तथा दुग्ध उत्पादन व्यवसायलाई प्रोत्साहन गर्न नगरपालिकाको वडा नं. ११ तिंलामा दुग्ध संकलन तथा चिस्यान केन्द्र (ःष्पि एचयअभककष्लन ऋभलतचभ) निर्माण कार्य सम्पन्न गरी संचालन गरिनेछ ।
११) नगरपालिका क्षेत्र भित्र लोप हुन लागेका याक,नाक र चौरीहरूको संरक्षण गर्न व्यवसायिहरूको लागि याक,नाक र चौरी संरक्षण र प्रवर्धन गर्ने कार्यक्रम ल्याइनेछ ।
१२) नगरपालिका क्षेत्रमा रैथाने बाली प्रवर्द्धन गर्दै कृषकको माग र आवश्यकता अनुसार कृषि सामाग्री उपलब्ध गराइनेछ ।
१३) पशुजन्य उत्पादन वृद्धिका लागि नश्ल सुधार गर्न कृतिम गर्भाधान तथा उन्नत जातका पशु वितरण गरिनेछ ।
१४) पशुपालनमा लाग्ने लागत कम गरी उत्पादकत्व बृध्दि गर्नको लागि चरन क्षेत्र सुधार, हिउँदे घाँस (जै) को बिउ बितरण तथा स्थानीय स्तरमा नै बिउ उत्पादन गर्न पशुपालक कृषकहरूलाइ प्रोत्साहन गरिनेछ ।
१५) कृषि तथा पशुपालन व्यवसायलाई प्रतिस्पर्धात्मक र उत्पादनमुलक बनाउनको लागि बिभिन्न प्रदर्शनी तथा प्रतियोगिताहरू संचालन गरिनेछ ।
१६) कृषकको क्षमता अभिबृध्दिको लागि नगरस्तर तथा प्रदेशस्तरको तालिम केन्द्रसँग समन्वय गरी बिभिन्न तालिम तथा गोष्ठीहरू संचालन गरिनेछ ।
१७) स्थानीय कृषि उत्पादनलाई बढावा दिन कृषकहरूलाई अनुदानको व्यवस्था गर्न जिल्ला बाहिरबाट आयात हुने तरकारी तथा फलफुलमा स्थानीय कर लागू गरिनेछ ।
११) ऊर्जा तथा सिँचाइः
१) नगर क्षेत्रमा निर्माणाधिन जलविद्युत आयोजनालाई निर्धारित समयमै सम्पन्न गराउनका लागि उपयुक्त वातावरण सृजना गरी विद्युत रोयल्टी प्राप्त गर्ने अवस्था सृजना गरिनेछ ।
२) सल्लेरी च्याल्सा विद्युत कम्पनी र नेपाल विद्युत प्राधिकरणको शुल्कमा एकरुपता कायम गर्न पहल गरिनेछ ।
३) मुख्य व्यापारीक केन्द्र सल्लेरी–फाप्लु र पत्ताले क्षेत्रका सडकहरूमा राखिएको सौर्य वत्ति र विद्युतीय सडक बत्तिलाई थप विस्तार र व्यवस्थित गरिनेछ ।
४) निर्माणाधिन र निर्माण हुने जलविद्युत आयोजनामा जनताको अपनत्वको सुनिश्चितता गर्न सबैलाई शेयर उपलब्ध गराई जनतालाई जलविद्युतको स्वामित्व दिलाइनेछ साथै सामाजिक उत्तरदायित्वको कार्यलाई पारदर्शी तवरबाट परिचालन गरनेछ ।
५) सोलुदुधकुण्ड नगरपालिका वडा नं. २ जुनवेसीमा निर्माणाधिन २५० किलोवाट लघुजलविद्युत यस आर्थिक वर्षमा सम्पन्न गरी संचालनमा ल्याइनेछ,
१२) राजश्व तथा कर प्रशासनः
१) नगरपालिकाको आन्तरिक राजश्व वृद्धिका लागि करदाता शिक्षा कार्यक्रमलाई प्रभावकारी रुपमा संचालन गर्दै नगरक्षेत्र भित्रका सबै व्यवसायीलाई करको दायरामा ल्याइनेछ ।
२) करको दायरा बढाउनका लागि यस आर्थिक वर्षमा स्थानीय राजश्व सुधार कार्ययोजना तयार गरी कार्यान्वयन गरिनेछ ।
३) नगरक्षेत्र भित्र सञ्चालित जलविद्युत आयोजना, खानी जन्य तथा क्रसर उद्योगहरू सञ्चालनको छुट्टै मापदण्ड बनाई नगरपालिकाको दिगो आम्दानीको श्रोतको रूपमा विकास गरिनेछ ।
४) स्थानीय करको दायरा र दर निर्धारण गर्दा सरोकारवाला निकाय र व्यक्तिको उचित राय, परामर्श लिनुका साथै कर प्रभावकारी उक्त पारदर्शी, विश्वसनीय र प्रविधिमैत्री बनाईनेछ ।
५) वडा नम्बर ६ नयाँबजारमा भौतिक संरचनालाई व्यवस्थित गरी घरहरुको बहाल विटौरी करको दायरालाई वृद्धि गरिनेछ ।
१३) नगर प्रहरीः
१) शान्ति, सुव्यवस्था, विकास निर्माण, विपद्मा राहत तथा उद्धार, सरसफाई, पर्यटन प्रवर्धन तथा सेवा प्रवाहलाई सहज बनाउन नगर प्रहरीको प्रभावकारी परिचालन गरी कार्यसम्पादनका आधारमा प्रोत्साहन एवं कारवाही तथा करार संझौता आवश्यक्ता आधारमा नवीकरण गरिने नीति अवलम्वन गरिनेछ,
२) नगर प्रहरीहरूलाई नगरको विकासमा प्रभावकारी रूपमा परिचालन गरिनेछ,
३) नगर प्रहरीको मनोवल उच्च राख्न नगर प्रहरी सम्बन्धि नगर प्रहरी संचालन सम्बन्धी छुट्टै कार्यविधि तय गरिनेछ ।
१४) सूचना, सञ्चार तथा प्रविधिः
१) टेलिकम नेटवर्क नपुगेका स्थानहरुमा यथाशीघ्र टावर निर्माण गरी द्धन् ईन्टरनेट सेवा सहितको नेटवर्क विस्तार गरिने कार्यलाई पहल गरिनेछ ।
२) नगरपालिकाबाट सम्पादन हुने काम वडाबाटै हुने गरी अनलाईन प्रणालिबाट सबै सेवा वडाबाटै प्रदान गरिनेछ,
३) जनतालाई सूचनाको सहज पहुँच पुर्याउन सञ्चार माध्यम मार्फत विभिन्न सचेतनामूलक कार्यक्रमहरू सञ्चालन गरिनेछ,
४) जिल्लामा संचालित संचारमाध्यमहरूको दिगोपनाकाल लागि नगरपालिकाका गतिविधिलाई प्रबर्धन गर्ने संचारमाध्यमहरूलाई लोककल्याणकारी विज्ञापन उपलब्ध गराइनेछ,
५) नगरपालिकाको दिगो विकास, सुशासन सेवा प्रवाहलाई प्रभावकारी र नतिजामुखी बनाउन उच्चतम प्रविधिको प्रयोगमा जोड दिइनेछ ।
१५) वन तथा वातावरणः
१) नगरपालिकाकामा पर्यापर्यटनमा ठोस योगदान पुग्नगरी वन व्यवस्थापनमा जोड दिइनेछ ।
२) प्रदेश तथा संघिय सरकारको समन्वयमा कबुलियति बन विकास कार्यक्रम लागू गरी गरिबी हटाउन बढाउन उपयोग गरिनेछ ।
३) नगरपालिकाका क्षेत्रमा पार्क, चिलड्रेन पार्क र पिकनिक स्थलको विकासको कार्य अगाडी बढाइनेछ ।
४) ढुंगा, गिट्टी, बालुवा संकलन गर्दा वातावरणमा प्रतिकूल प्रभाव पर्न नदिन प्रारम्भिक वातावरणीय परीक्षण (क्ष्भ्भ्) सम्पन्न गरीएका खोलाहरूबाट मात्र नदीजन्य पदार्थ संकलन गरिनेछ ।
५) नगरक्षेत्रमा विकास निर्माणका लागि आवश्यक क्ष्भ्भ्÷भ्क्ष्ब् कार्यान्वयनका लागि आवश्यक कानुन तर्जुमा गरी कार्यान्वयनमा गरिनेछ ।
६) नगरपालिकाले यस अघि अगाडी सारिएको “ऋभिबल बलम न्चभभल ःगलष्अष्उबष्तिथ” को अवधारणा पूरा गर्न आवश्यक कार्यक्रमको संचालन गर्न निजी साझेदारीमा कार्यक्रममा संचालन गरिनेछ ।
१६) रोजगारीः
१) नगरपालिकामा रहेको बेरोजगारी संख्या न्यूनिकरण गर्न व्यवसायिक तालिम प्रदायक संस्थासँगको सहकार्य र समन्वयमा कार्यक्रम संचालन गरिनेछ ।
२) नगरपालिकाभित्रका स्वरोजगार बन्न चाहने युवा, व्यवसायी तथा उद्यमीहरूलाई सहुलियत दरमा कर्जा उपलब्ध गराउन बैंक तथा वित्तिय संस्थाहरुसँग समन्वय गरेर विदेश पलायनलाई निरूत्साहित गरिनेछ ।
३) नगरपालिका क्षेत्रभित्र अधिकतम रोजगारी श्रृजना गर्नका लागि नगर क्षेत्रभित्र संचालित विकास निर्माणका आयोजनाहरूमा स्थानीयलाई प्राथमिकताका साथ सहभागी गराईनेछ ।
४) प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तर्गत वेरोजगार व्यक्तिहरूलाई निर्धारित मापदण्ड बमोजिम रोजगारी दिने कार्यलाई निरन्तरता दिइनेछ । साथै नगरपालिका अन्तर्गत सबै वडामा बेरोजगार व्यक्तिको तथ्याङ्क संकलन गरी बेरोजगार व्यक्तिको सूचीलाई रोजगार व्यवस्थापन सूचना प्रणालीमा अद्यावधिक गराइनेछ ।
५) वैदेशिक रोजगारमा जाने श्रमिकहरुका लागि अनलाइन आवेदन भर्ने कार्य रोजगार सेवा केन्द्रबाट गरिनेछ ।
६) नगरपालिकाभित्रका स्थानीय ज्ञान, सीप र क्षमता भएका जनशक्तिहरुको तथ्यांक संकलन गरी रोजगारीको अवसर पहिचान गर्दै रोजगार रणनीति तयार गर्ने ।
१७) सुशासन तथा सेवा प्रवाहः
१) नगरपालिका तथा वडा कार्यालयबाट प्रवाह हुने सेवा सुविधालाई चुस्त दुरुस्त र नागरिक मैत्री बनाइनेछ,
२) नगरपालिकामा सम्पादन भएका कार्यको मासिक प्रगति विवरण बनाई वेभसाईट र मिडिया मार्फत सार्वजनिक गरिनेछ,
३) नगरपालिकामा डिस्प्ले बोर्डको व्यवस्था गरि हरेक शाखाबाट सम्पादन भएका कार्यक्रम सार्वजनिक गर्ने व्यवस्था मिलाइनेछ
४) नगरपालिकाको समग्र विकास निर्माण र सेवा प्रवाहको अनगुमनलाई प्रभावकारी बनाइनेछ,
५) नगरपालिकाको सेवालाई प्रविधिमैत्री बनाई छिटो, छरितो, आधुनिक, जनमैत्री बनाईनेछ,
६) नगरपालिकामा आवश्यकता अनुसार कर्मचारी व्यवस्थापन गर्न तथा कर्मचारीहरूको मनोवल उच्च राख्न, क्षमता विकास योजना तर्जुमा गरी कार्यान्वयन गरिनेछ ।
७) नगरपालिकाबाट प्रावह हुने सेवालाई सरल र नागरिकमैत्री बनाउदै सेवा प्रवाहको स्तर मापण गर्न सेवाग्राही सर्वेक्षण गरिनेछ ।
८) नगरपालिकाबाट प्रवाह हुने अधिकतम सेवाहरू ईन्टरनेट र आधुनिक प्रविधिको प्रयोग गरी वडाबाटै प्रदान गरिनेछ,
९) नगरपालिका एवंम अन्तर्गत कार्यालय र स्वास्थ्य संस्थामा कार्यरत कर्मचारीहरुको कार्यदक्षता, कार्यक्षमता र अनुशासन एवंम जनमैत्री व्यवहारको आधारमा स्थायी कर्मचारीहरुको कार्य सम्पादन मुल्यांकन गरी सम्मान गर्ने नीति लिइनेछ ।
१०) कर्मचारी तथा वडास्तरको जनप्रतिधिको क्षमता विकास गर्न विभिन्न तालिम, गोष्ठी, सेमिनार एवम् अन्तरक्रिया कार्यक्रममा विशेष जोड दिने नीति अवलम्बन गरिनेछ ।
१८) गैर–सरकारी संघ–संस्थाः
१) आर्थिक विकासको एउटा महत्वपूर्ण खम्बाको रुपमा रहेको गैर सरकारी संघ संस्थालाई नगरपालिकाको शिक्षा, स्वास्थ्य, पर्यटन, फोहोरमैला व्यवस्थापन लगायतका क्षेत्रहरूमा परिचालन तथा सहकार्य गरिनेछ ।
२) नगरक्षेत्रभित्र कार्यक्षेत्र बनाई काम गरिरहेका र काम गर्न चाहने गैरसरकारी संघ संस्थाहरुलाई नगरपालिकामा सूचिकृत गरि नगरपालिकासँगको समन्वयमा मात्र काम गर्ने व्यवस्था मिलाइनेछ ।
१९) भूमि सुधारः
१) नगरपालिका क्षेत्रमा जग्गाको वर्गिकरण गरी भू–उपयोग योजना (ीबलम ग्कभ एबिल) बमोजिम भूमिको उपयोग गर्ने नीति लिइनेछ ।
२) नगरपालिका क्षेत्रका भू– उपयोग नीति बमोजिम गरिएको जग्गाको वर्गिकरण कार्यान्वयन गरिनेछ ।
३) भूमिहिन नागरिकहरुको पहिचान गरी सुकुम्वासी समस्या समाधानको लागि राष्ट्रिय भूमि आयोग सोलुखुम्बुसँगको समन्वयमा आवश्यक कार्य अघि बढाइनेछ ।
४) नगरपालिकाभित्रको सार्वजनिक जग्गाको संरक्षण र सम्वर्द्धन गर्दै सो को अभिलेख राखिनेछ । विशेष गरी फाप्लु सल्लेरी नयाँबजार दोर्पुबजार क्षेत्रमा अतिक्रमणमा परेको सार्वजनिक जग्गाको खोजी गरी उपयोगमा ल्याइनेछ ।
२०) उद्योगः
१) नगरपालिका क्षेत्रमा स्थापना भई संचालन हुने उद्योगहरूलाई प्रभावकारी रुपमा संचालन गर्न आवश्यक सहजीकरण गर्दै कर छुट लगायतका सुविधाहरू प्रदान गरिनेछ ।
२) साना तथा मझौला उद्योग जस्तैः चिया खेती, किवी प्रशोधन, आलु चिप्स, गुराँस जुस, मिनरल वाटर, मत्स्य भूरा÷माछापालन आदिको प्रोत्साहनका उत्पादनमा आधारीत अनुदान उपलव्ध गराइनेछ ।
३) नगरपालिका क्षेत्रभित्र रहेका परम्परागत सीपहरू भडाकुडा, सिलाइ, छालाजुता लगायतका सीपहरूलाई व्यवसायीकरण गर्न जोड दिइनेछ । साथै याक चिज उद्योग, गलैचा उद्योगको पुनःस्थापना तथा सञ्चालनको लागि पहल गरिनेछ ।
४) नगरपालिका क्षेत्रभित्र सञ्चालित क्रसर उधोगहरूलाई वातावरणमैत्री एवं जोखिमरहित किसिमले सञ्चालन गर्ने गरी दर्ता प्रक्रियामा सहजीकरण गरिनेछ ।
५) विभिन्न गैह्रसरकारी निकायसँगको समन्वय र सहकार्यमा नयाँ उद्यमी विकास गरिनेछ ।
२१) खेलकूदः
१) नगरपालिका क्षेत्रभित्र सुविधा सम्पन्न खेलमैदान रंगशाला तथा आवश्यक पूर्वाधारको लागि आवश्यक बजेट व्यवस्था गरिनेछ ।
२) स्वास्थ्यको लागि खेलकुद नगरको लागि खेलकुदको अवधारणा बमोजिम खेलकुदलाई उच्च प्राथमिकतामा राखिनेछ ।
३) राष्ट्रपति रनिङशिल्ड प्रतियोगितालाई संचालनलाई निरन्तरता दिइनेछ ।
४) खेलकुद मार्फत युवाको विकास गर्ने नीति लिइनेछ ।
५) राष्ट्रिय तथा अन्तर्राष्ट्रिय किसिमका साहसिक खेलकुद प्रतियोगिताहरू आयोजना गरिनेछ ।
२२) वित्त तथा सहकारीः
१) बैंक तथा वित्तिय संस्थाको पहुँच सबै बाँकी वडाहरूमा पु¥याईने छ ।
२) कम्तिमा “एक वडा एक सहकारी” को अभियान प्रवर्द्धन गरी सहकारी मार्फत उत्पादन भएका वस्तु तथा सेवालाई प्ररोत्साहन गरिनेछ ।
३) सहकारीहरूसँगको सहकार्यमा आर्थिक सामाजिक विकासका क्रियाकलापहरू सञ्चालनमा ल्याइनेछ ।
४) सहकारीहरूको लेखा प्रणाली व्यवस्थीत गर्नका लागि आवश्यक तालिमको व्यवस्था गरिनेछ ।
५) राष्ट्रिय वाणिज्य बैंक लगायत विभिन्न बैंकहरुसँग कृषक एवम् उद्यमीहरुलाई सहुलियत ऋण उपलब्ध गराई कृषि उत्पादन बढाई स्वरोजगार बनाउन भएको सम्झौता थप प्रभावकारी ढङ्गबाट लागू गर्ने व्यवस्था मिलाइनेछ,
६) नगरक्षेत्र भित्र रहेका सहकारीको नियमन र अनुगमनलाई प्रभावकारी वनाइनेछ ।
२३) यातायातः
१) सदरमुकाम सल्लेरी स्थित रहेको वसपार्कलाई व्यवस्थापन गर्ने कार्य सम्पन्न गरिनेछ ।
२) नगरवासीलाई सार्वजनिक सवारी सुविधाको लागि नगरका सवै वडामा सार्वजनिक सवारी विस्तार गर्ने कार्य अगाडी वढाइने छ ।
३) सल्लेरी क्षेत्रमा हुने बढ्दो सवारी चापलाई मध्यनजर गरी वैकल्पिक र सहायक सडक मार्गको निर्माण गरिनेछ, साथै सडक सूरक्षा एवम् ट्राफिक व्यवस्थापनका लागि सरोकारवाला निकायसँग समन्वय गरी कार्यक्रम संचालन गरिनेछ ।
२४) योजना, अनुगमन तथा मूल्याङ्कनः
१) नगरपालिकाको गुरु योजना र आवधिक योजनालाई क्रमशः कार्यान्वयन गर्दै लैजानका लागि आयोजना बैंक तयार गरिनेछ ।
२) नगर क्षेत्रमा सञ्चालन हुने संघीय प्रदेश सरकार, गैर–सरकारी संस्था, निजी क्षेत्र, सामुदायिक संस्थाबाट सञ्चालन हुने कार्यक्रम तथा आयोजना साझेदारीमा गर्न सम्बन्धित निकायहरूसँग सहकार्य गरिनेछ ।
३) सम्पन्न भईसकेका योजनाहरू लाभान्वित समुदायलाई हस्तान्तरण गरी नियमित रेखदेख र मर्मत संभार कार्यका लागि जिम्मेवार बनाउने नीति अख्तियार गरिनेछ ।
४) अनुगमन सम्बन्धी उपभोक्ता समितिहरूको गुनासोलाई न्यूनीकरण गर्न एवम अनुगमनलाई थप प्रभावकारी बनाइनेछ ।
५) योजना अनुगमन र मुल्यांकनबाट नियमित रुपमा पृष्ठपोषण लिई यसको आधारमा थप सुधार र परिमार्जन गर्ने रणनीति अख्तियार गरिनेछ ।
२५) साझेदारीः
१) नगरपालिकाको दीर्घकालिन आयस्रोत निर्माण हुने तथा उच्च प्रतिफल प्राप्त हुने आयोजनाहरू, नगर विकास कोष तथा आर्थिक साझेदारी गर्ने सरकारी र बैंक तथा वित्तिय संस्था, अन्य संघ–संस्थाहरूसंग ऋण तथा अनुदान साझेदारी गरिनेछ ।
२) सिमाना जोडिएका पालिकाहरूसँग समन्वय गरी अन्तर पालिका कार्यक्रमलाई अगाडि बढाइनेछ ।
३) नगरपालिका क्षेत्रभित्र संचालित जलविद्युत आयोजना, वैँक तथा वित्तिय क्षेत्र र नाफा मुलक उद्योग तथा कम्पनिहरूले अनिवार्य रूपमा खर्च गर्नुपर्ने सामाजिक उत्तरदायित्व अन्तर्गतको बजेटलाई जनपक्षीय काममा खर्च गर्नका लागि नगरपालिकाको सिफारिसमा स्थानीय साझेदारीता एवंम पारदर्शितामा योजना कार्यान्वयन गर्न जोड दिईनेछ ।
२६) धर्म संस्कृतिः
१) नगरक्षेत्रभित्रका ऐतिहासिक तथा पुरातात्विक महत्वका मन्दिर, गुम्बा तथा धार्मिक सांस्कृतिको संरक्षण र सम्वर्द्धन गर्दै नगरपालिकालाई धार्मिक, सांस्कृतिक र पर्यटकीय नगरको रुपमा विकास गरिनेछ ।
२) प्रसिद्ध ज्वालामाई मन्दिरलाई थप व्यवस्थित र सौन्दर्यीकरण गर्दै धार्मिक पर्यटनलाई बढ्वा दिईनेछ ।
३) नगर क्षेत्रभित्र रहेको सम्पूर्ण धर्म संस्कृति र संस्कारको जगेर्ना गर्न विशेष नीति अवलम्बन गरिनेछ ।
२७) लक्षित वर्गः
१) सोलुदुधकुण्ड नगरपालिका अन्तर्गत स्थापना भएको महिला उद्यमशिलता संघलाई प्रभावकारी ढंगबाट संचालन गरिनेछ ।
२) लैङ्गिक समानता सम्बन्धी आवश्यक नीति निर्माण गरी लागू गरिनेछ ।
३) विपन्न तथा पिछडिएका वर्गका महिलाहरूलाई लक्षित गरी क्षमता अभिवृद्धि तथा सशक्तीकरण कार्यक्रमहरू सञ्चालन गरिनेछ ।
४) लैङ्गिक हिंसामा परेका महिलाहरूका लागि सञ्चालनमा रहेको महिला सुरक्षावास भवन (क्बाभ ज्यmभ) को सुविधा वृद्धि गर्न महिला अधिकारका क्षेत्रमा काम गर्ने सबै निकाय तथा संघसंस्थासँग सहकार्य गरिनेछ ।
५) गरिव, विपन्न, असहाय र जोखिममा परेका बालबालिकाहरूको उद्धार, संरक्षण र पूनःस्थापनाका लागि साझेदारीमा बाल संरक्षण केन्द्र निर्माणको कार्य सम्पन्न गरी सञ्चालनमा ल्याइनेछ ।
६) नगरक्षेत्रभित्र निर्माण गरिने सरकारी, गैर–सरकारी निकाय तथा संघ–संस्थाका भवन बालमैंत्री र अपाङ्गमैत्री बनाउन अनिवार्य गरिनेछ ।
७) नगरक्षेत्रका “क” वर्गको अपाङ्गता भएका व्यक्तिको स्वास्थ्य वीमा नगरपालिकाले गर्ने र स्वास्थ्य उपचारमा विशेष छुटको व्यवस्था मिलाईनेछ ।
८) अपाङ्गता भएका नागरिकहरूको जीवनयापनको सहजताको लागि अपाङ्गताको प्रकृति अनुसार सीपमूलक र व्यवसायिक तालीम प्रदान गरी रोजगारीका अवसरहरूमा पहुँच विस्तार तथा आत्मनिर्भर बनाउने कार्यक्रमहरूलाई प्राथमिकता दिइनेछ ।
९) जनजातिहरूको भाषा, लिपि र संस्कृतिको जर्गेना गर्दै आदिवासी जनजाति हकहित संरक्षण र प्रवर्द्धनमा जोड दिइनेछ ।
१०) नगरपालिका भित्र हुने विभिन्न अवसरहरूमा समावेशी आरक्षणलाई आत्मासात गरी लागू गरिनेछ ।
११) अल्पसंख्यक, दलित तथा विपन्न वर्गलाई प्रत्यक्ष लाभ हुने तथा सीपमूलक कार्यक्रम संचालन गरिनेछ ।
१२) हिंसा तथा दुर्व्यावहारमा परेका वर्गलाई संरक्षण, उपचार र मनोपरामर्श तथा निःशुल्क रुपमा कानुनी सहायता उपलब्ध गराउन आवश्यक समन्वय गरिनेछ ।