सोलुखुम्बु । सोलुखुम्बुको महाकुलुङ गाउँपालिकाले ३५ करोड बढीको बजेट प्रस्तुत गरेको छ । गाउँपालिकाले आईतबार सम्पन्न ११ औँ गाउँसभामा ३५ करोड १७ लाख ३५ हजार १०० रुपैयाँ बराबरको बजेट पेश गरेको हो । महाकुलुङ गाउँपालिकाको सभाहल बुङमा जिल्ला समन्वय समितिका प्रमुख कृष्ण प्रसाद निरौलाको प्रमुख आतिथ्यता तथा गाउँपालिका अध्यक्ष सुर्य बहादुर कुलुङको अध्यक्षतामा आर्थिक वर्ष २०८०/०८१ को बजेट प्रस्तुत गरिएको स्थानीय झलक राईले जानकारी दिनुभयो ।