सोलुखुम्बुमा मनाङ एयरको हेलिकप्टर दुर्घटनाग्रस्त

सोलुखुम्बु । सोलुखुम्बुको सुर्केबाट काठमाण्डौका लागि उडेको मनाङ एयरको हेलिकप्टर लामजुरा डाँडामा दुर्घटनाग्रस्त भएको छ । विहान १०ः०५मा सुर्केबाट उडेको मनाङ एयरको नाईन एन ए एम भि कलसाईनको हेलिकप्टर लिखुपिके गाउँपालिका ५ भकान्जे स्थित लामाजुराको च्यानडाँडामा दुर्घटना ग्रस्त अवस्थामा भेटिएको गाउँपालिका अध्यक्ष मिना कार्की बस्नेतले जानकारी दिनुभयो ।

‘च्यान डाँडामा चौरी गोठालाहरु हेलिप्टर दुर्घटनाग्रस्त अवस्थामा भेटेका छन्, ६ जना ब्यक्ति चढेका रहेछन्’ कार्कीले भन्नुभयो । हेलिकप्टर क्याप्टेन चेत गुरुङले उडाएका थिए । उक्त हेलिकप्टरमा क्याप्टेन बाहेक ५ जना विदेशी सवार रहेको लुक्ला विमानस्थलका एटिसि अफिसर सागर कडेलले जानकारी दिनुभयो ।

हेलिकप्टरको खोजी भईरहेको छ । हेलिकप्टर लामाजुरा डाँडा सम्म सम्पर्कमा रहेको र काठमाण्डौको टावरलाई ह्याण्ड ओभर गर्ना साथ सम्पर्क विच्छेद भएको तेन्जिङ हिलारी विमानस्थल लुक्लाका एटिसि अफिसर कँडेलको भनाई छ ।himalfm

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार