सोलुखुम्बु । सोलुदुधकुण्ड नगरपालिकामा नागरिकता सम्बन्धी समसामयिक विषयमा सरोकारवालाहरुसँग छलफल भएको छ । नागरिकलाई नागरिकता प्रदान गर्ने क्रममा वडादेखि जिल्ला प्रशासन कार्यालयसम्म भइरहेको व्यवस्था र त्यसका क्रममा देखिएका समस्यालाई सहजीकरण गर्ने उद्देश्यले छलफलको आयोजना गरिएको हो ।
नगरप्रमुख नाम्गेलजाङ्बु शेर्पाको संयोजनमा नगरपालिकामा भएको छलफलमा प्रमुख जिल्ला अधिकारी बसन्त भट्टराई, नगर उपप्रमुख गान्धीमाया तामाङ, प्रमुख प्रशासकीय अधिकृत कोपिला राई, सहायक प्रमुख जिल्ला अधिकारी र विभिन्न वडाका वडा अध्यक्षहरुको उपस्थिती रहेको थियो ।
उक्त छलफलमा वडाबाट नागरिकताको सिफारिस गर्दा आउने समस्या, पूरा गर्नुपर्ने कागजात तथा जिल्ला प्रशासन कार्यालयमा चहिने कागजात, प्रक्रियाका विषयमा छलफल भएको छ । वडा अध्यक्षहरुले राखेको जिज्ञासामा प्रजिअ भट्टराईले प्रष्ट पार्नुभएको थियो ।
त्यस अवसरमा नगरप्रमुख नाम्गेलजाङ्बु शेर्पाले नागरिकतामा बाबु आमा र विवाहित भएमा पति पत्नीको नाम समेत उल्लेख गरी जिप्रका र वडा अध्यक्षहरुबिच समन्वयात्मक तरिकाले सहज रुपमा नागरिकता प्रदान गर्न सबैले आ–आफ्नो ठाउँबाट सहजीकरण गर्न आग्रह गर्नुभयो ।