कानुन निर्माण प्रक्रिया र कार्यान्वयनको अवस्थाका विषयमा अन्तरक्रिया कार्यक्रम सम्पन्न

साेलुखुम्बु । सोलुदुधकुण्ड नगरपालिकामा स्थानीय तह कानुन निर्माण प्रक्रिया र कार्यान्वयनको अवस्था विषयमा अन्तरक्रिया कार्यक्रम सल्लेरीमा सम्पन्न भएको छ।

कोशी प्रदेश सभा सचिवालय विराटनगरको आयोजनामा भएको कार्यक्रममा उपसचिव डिल्लीप्रसाद आचर्यले स्थानीय कानून तर्जुमा कार्य सम्बन्धमा सहजीकरण गर्दै स्थानीय तहले विभिन्न किसिमका कानून निर्माण गर्दा विचार गर्नुपर्ने कुराहरु, स्थानीय कनून तर्जुमा कार्यविधि, सभामा विधेयक पारित हुने प्रक्रिया लगायतका विषयमा जानकारी गराउनुभएको थियाे ।

त्यस्तै, सोलुदुधकुण्ड नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत रामकुमार खड्काले नगरपालिकाको तर्फबाट कार्यपत्र प्रस्तुत गर्दै नगरपालिकाबाट बनेका कानूनहरु, कानून तर्जुमाका आधारहरु, त्यस क्रममा देखिएका समस्याहरु, समाधानका उपायहरु उल्लेख गर्नुभयो ।

कानुन तर्जुमा सम्बन्धी पर्याप्त ज्ञानको कमी, दक्ष जनशक्तिको अभाव, तालिम तथ गोष्ठी नहुनु, सहभागितामूलक पद्धती अवलम्बन नहुनु जस्ता समस्या भएको भन्दै सभा सचिवालय, कर्मचारी र स्रोत साधनको प्रयाप्त व्यवस्था, जनप्रतिनिधि र कर्मचारीलाई कानुन तर्जुमा गर्ने बिषयमा प्रदेश सरकार र संघीय सरकारले बेलाबखत तालिम, प्रशिक्षण तथा अभिमुखीकरण, सबै स्थानीय तहमा कानुन अधिकृतकोको व्यवस्था, सहभागितामुलक कानुन तर्जुमा गर्ने पद्धतीको अवलम्वन जस्ता कार्य गरी समाधान गर्न सकिने सुझाव प्रस्तुत गर्नुभयो ।

सो अवसरमा कोशी प्रदेश सभा सदस्य बुद्धिकुमार राजभण्डारीले प्रमुख अतिथिको रुपमा सम्बोधन गर्दै स्थानीय तह जनताको सबैभन्दा नजिकको सरकार भएकाले जनताको हितलाई ध्यान दिएर कानुन निर्माण गर्नुपर्ने बताउनुभयो । स्थायी सरकारका रुपमा रहेका कर्मचारीहरुले नेताको आदेसमा भन्दा कनूनको कुरा ख्याल गर्नुपर्ने उहाँको सुझाव छ ।

त्यस्तै, सोलुदुधकुण्ड नगरपालिकाका उपप्रमुख गान्धीमाया तामाङले बिशिष्ट अतिथिको रुपमा बोल्दै छोटो समयको कार्यक्रमले भए पनि धेरै प्रभावकारी भएको बताउनुभयो। नगरपालिकाले यस्तो कार्यक्रमको आयोजना गर्न कार्यपालिका बैठकमा छलफल गर्ने समेत उहाँको भनाइ छ। कार्यक्रममा विभिन्न वडाका वडा अध्यक्षहरु, कार्यपालिका सदस्यहरु, वडा सदस्यहरु, नगरपालिकाका शाखा प्रमुख तथा कर्मचारीहरुको उपस्थिती रहेको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार