अग्निपिडितलाई आर्थिक सहयोग सहित श्रमदान गर्दै सृजनसिल

सम्भव राउत। सृजनसिल युवा समाज काङ्गेल सोलुखुम्बुले थुलुङदुधकोशी गाउँपालिका वडा न. ३ पञ्चनमा गएको बैशाख १९ गते भएको आगलागीबाट पिडित परिवारलाई राहत वितरण गरेको छ ।

गाउँपालिका अध्यक्ष असिम राई सहित संस्थाका उपाध्यक्ष मनेन्द्र राई, सल्लाहकार सदस्य धन्दिराम राई र हिरे राई, केन्द्रिय सचिव प्रकाश राई, वडा अध्यक्ष इन्द्रमणि दाहालको उपस्थितमा समाजले पूर्ण क्षति भएका पीडित परिवारहरू पुर्णबहादुर अधिकारी, बढिसुब्बा राई र हस्तमाया राईलाई जनही ५० हजार ५ सय रुपैयाँका दरले एक लाख ५१ हजार ५ सय रुपैयाँ र आगलागी नियन्त्रणको क्रममा घाइते भएका सनबहादुर सार्की र हिराबहादुर बि.क. लाई जनही रु. २ हजार र आगलागीबाट पशुचौपाय क्षति भएका कालीबहादुर अधिकारीलाई २ हजार रुपियाँ गरि जम्मा १ लाख ५७ हजार ५ सय रुपैयाँ राहत स्वरुप वितरण गरिएको सृजनसिल युवा समाज काठमाडौं सम्पर्क समितिका अध्यक्ष योग्यप्रसाद राईले जानकारी दिनुभयो ।

अध्यक्ष राईकाअनुसार आर्थिक सहयोगसंगै संस्थाको काठमाडौं सम्पर्क समितिका सल्लाहकार नेत्रबहादुर बस्नेतबाट संस्थालाई प्रदान गरेको सेल्टर बक्स समेत सृजनसिल युवा समाजले राहत स्वरुप पीडित परिवारलाई प्रदान गरेको छ ।

समाजले “सामाजिक सहयोग र एकतामा योगदान, विपदमा सृजनसिल युवा समाजको श्रमदान” भन्ने मुल उदेश्यको साथ पन्चन अग्निपिडित परिवारलाई घर निर्माणको लागि यही जेष्ठ ५ गतेदेखि युवा दक्ष जनशक्ति द्वारा श्रमदान गर्दै आएको छ । संस्थालाई माया र बिश्वास गरेर आर्थिक, भौतिक र नैतिक सहयोग गर्ने सबैलाई आभार प्रकट गरेको छ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार