सोलुखुम्बुमा सोलुदूधकुण्ड नगरपालिकाको बेरुजू सबै भन्दा कम

राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष राष्ट्रपति निवासमा ‘महालेखा परीक्षकको ६१ औँ वार्षिक प्रतिवेदन, २०८१’ पेस गर्नुहुँदै महालेखा परीक्षक तोयम राया ।

सोलुखुम्बु । सोलुखुम्बुमा सोलुदूधकुण्ड नगरपालिकाले सबै भन्दा कम बेरुजू कायम गरेको छ। आर्थिक वर्ष २०७९/८० को महालेखा परीक्षकको ६१ औँ वार्षिक प्रतिवेदन अनुसार ८ स्थानीय तह रहेको सोलुखुम्बुमा सबैभन्दा धेरै बजेट खर्च गर्ने सोलुदूधकुण्ड नगरपालिकाले बेरुजु कम सबै भन्दा गरेको हो ।

रू. १ अर्ब ५४ करोड ४१ लाख २ हजारको लेखा परीक्षण गर्दा  रू. २१ लाख ४२ हजार अर्थात् ०.१४ प्रतिशत मात्र बेरुजु रहेको मलेपको प्रतिवेदनमा उल्लेख छ ।

जिल्लामा सबैभन्दा बढी बेरुजु लिखुपिके गाउँपालिकामा देखिएको छ । रू. ५३ करोड ९३ लाख ५५ हजार खर्च भएकोमा २ करोड ५२ लाख १८ हजार अर्थात् ४.६८ प्रतिशत बेरुजु रहेको छ ।

त्यस्तै, खुम्बु पासाङल्हामु गाउँपालिकाको बजेट रू.१ अर्ब ८ करोड ७४ लाख १४ हजार खर्च भएकोमा रू. ३ करोड १० लाख ६७ हजार अर्थात् २.८६ प्रतिशत बेरुजु रहेको छ ।

माप्य दुधकोशी गाउँपालिकाको रू. ८२ करोड ८२ लाख २ हजारमा रू. २ करोड ८९ लाख ६० हजार अर्थात् ३.५० प्रतिश, थुलुङ दुधकोशीको रू. १ अर्ब ३९ करोड २८ लाख १ हजारमा रू. १ करोड १० लाख २३ हजार अर्थात् ०.७९, नेचासल्यानको रू. १ अर्ब ४ करोड ५१ लाख ८९ हजारमा रू. २ करोड ३५ लाख २७ हजार अर्थात् २.२५ प्रतिशत, महाकुलुङको रू. ९४ करोड ५५ लाख २९ हजारमा रू. २ करोड ५४ लाख ३५ हजार अर्थात् २.६९ प्रतिशत र सोताङमा रू. ८१ करोड ४१ लाख १२ हजारमा रू. २ करोड २९ लाख ९८ हजार अर्थात् २.८२ प्रतिशत बेरुजु देखिएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार