विस्तार भयो सोलुखुम्बु कांग्रेसको संगठन विभाग

झोलासोलुखुम्बु। नेपाली कांग्रेस जिल्ला कार्यसमित सोलुखुम्बुले चन्द्र आचार्य प्रमुख रहेको विभागमा उपप्रमुख ङवाङ ठिले शेर्पा सहित १४ जनालाई मनोनित गरेको छ ।
नेपाली कांग्रेसको नियमावली २०७६ को परिच्छेद–१७ नियम–४८ को उप–नियम ३ ‘क’ बमोजिम मनोनित गरिएको नेपाली कांग्रेस जिल्ला कार्य समिति सोलुखुम्बुका सदस्य तथा संगठन विभाग प्रमुख चन्द्र प्रसाद आचार्यलले जानकारी दिनुभयो।
जिल्ला सभापति नाम्गेल जाङबु शेर्पाद्वारा हस्ताक्षरित मनोनयन पत्रमा उल्लेख भए अनुसार उप–प्रमुखमा डवाङ ठिले शेर्पा, सचिवमा कर्णबहादुर विश्वकर्मा हुनुहुन्छ भने सदस्यहरुमा बलुकुविर नाछिरिङ, कुलध्वज मगर, द्रोण बास्तोला, भै बहादुर राई, कुमार बहादुर खड्का, दावा ग्यालजेन शेर्पा, हुर्ब बहादुर खड्का, भक्ति कुमार राई, जिमी साङ्गे शेर्पा, अमृता राई, खेचर राई र गौरव राई रहनुभएको छ ।

विभाग विस्तारले संगठनलाई थप सुदृढ एवं गतिशिल बनाउने कार्यमा महत्वपूर्ण योगदान रहने  सोलुखुम्बु कांग्रेसको  विश्वास छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार