सोलुखुम्बु । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय अन्तर्गत भूमि समस्या समाधान आयोग सोलुखुम्बुको अध्यक्षमा नातीकाजी गुरुङ नियुक्त हुनुभएको छ ।
थुलुङ दूधकोशी गाउँपालिका-४सोलुखुम्बुका गुरुङलाई भूमि समस्या समाधान आयोग गठन आदेश, २०८१ को दफा ८ को उपदफा (१) को खण्ड (क) बमोजिम तपाईलाई समस्या समाधान आयोग, जिल्ला समिति सोलुखुम्बुको अध्यक्ष पदमा उक्त आदेशको दफा ८ को उपदफा (३) बमोजिमको पदावधि कायम हुने गरी मन्त्रीस्तरको निर्णयानुसार नियुक्ति गरिएको हो।
नवनियुक्त अध्यक्ष गुरुङले भूमिहीन दलित, भूमिहीन सुकुम्बासी तथा अव्यवस्थित बसोबासीको समस्या समाधानमा सक्रिय हुने बताउनुभएको छ।
यसअघि थुलुङदूधकोशी गाउँपालिका ४ को अध्यक्ष भइसक्नु भएको गुरुङ नेपाली कांग्रेसको महासमिति सदस्य समेत हुनुहुन्छ ।