भूमि समस्या समाधान आयोगका अध्यक्ष गुरुङद्वारा पद बहाली

सोलुखुम्बु । भूमि समस्या समाधान आयोग सोलुखुम्बुको अध्यक्ष नातीकाजी गुरुङले पद बहाली गर्नुभएको छ ।

भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय अन्तर्गतको उक्त आयोगमा गत साता नियुक्त गुरुङले जिल्ला समन्वय समितिको कार्यालय सल्लेरीमा एक कार्यक्रमका बिच पद बहाली गर्नुभएको हो ।

थुलुङ दूधकोशी गाउँपालिका-४सोलुखुम्बुका गुरुङलाई भूमि समस्या समाधान आयोग गठन आदेश, २०८१ को दफा ८ को उपदफा (१) को खण्ड (क) बमोजिम तपाईलाई समस्या समाधान आयोग, जिल्ला समिति सोलुखुम्बुको अध्यक्ष पदमा उक्त आदेशको दफा ८ को उपदफा (३) बमोजिमको पदावधि कायम हुने गरी मन्त्रीस्तरको निर्णयानुसार नियुक्ति गरिएको हो।

नवनियुक्त अध्यक्ष गुरुङले पदबहाली गरेसँगै थुलुङदूधकोशी गाउँपालिका-८ बाट स्थलगत अनुगमन थाल्ने बताउनुभयो । प्रचलित कानुन अनुसार भूमिहीन दलित, भूमिहीन सुकुम्बासी तथा अव्यवस्थित बसोबासीको समस्या समाधान पहिलो पहिलो प्राथमिकता रहने अध्यक्ष गुरुङको भनाइ छ। पद बहाली कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख कृष्ण प्रसाद निरौला,जिल्ला प्रशासन कार्यालय सोलुखुम्बुका शाखा अधिकृत, नापी कार्यालय प्रमुख, जिल्ला मालपोत कार्यालय प्रमुख विदेश खनाल, सवडिभिजन वन कार्यालय प्रमुख, जिल्ला उद्योग वाणिज्य संघका उपाध्यक्ष भानुभक्त उपाध्याय, हिमालयन लाइफ इन्स्योरेन्स कम्पनीका शाखा प्रबन्धक द्रोण बास्तोला,कांग्रेस नेता उजिर कार्की लगायतको उपस्थिति रहेको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार