काँग्रेस युवा नेताद्वारा नव प्रवेशीलाई घरघरमै स्वागत

सोलुखुम्बु । सोलुखुम्बुको सोलुदुधकुण्ड नगरपालिका २ मा हालै नेपाली काँग्रेसमा प्रवेश गरेका नव प्रवेशीहरुलाई घरमै पुगेर स्वागत गरिएको छ ।

वडा नम्बर २ का युवा नेता तथा वडा अध्यक्ष ङवाङ ठिले शेर्पाले विभिन्न राजनीतिक दल परित्याग गरी नेपाली काँग्रेसमा प्रवेश गरेका नयाँ सदस्यहरुलाई सबैको घरघरमा पुगेर स्वागत गर्नुभएको हो । काँग्रेस जनताको बिचबाट जन्मेको पार्टी भएकाले आफू सँधै जनताको सबै सुखदुखमा साथमा रहने शेर्पाको प्रतिबद्धता छ ।

केही समयअघि सदरमुकाम सल्लेरीमा नेपाली काँग्रेस नगर कार्य समितिको नगर सम्मेलनमा नेपाली काँग्रेसका नेता तथा उपप्रधानमन्त्री प्रकाशमान सिंहको उपस्थितीमा काँग्रेस प्रवेश गरेका नयाँ सदस्यहरुलाई उहाँले घरमै सम्मान गरेको बताउनुभयो ।

गत निर्वाचनमा भारी मतका साथ विजय हुनुभएका अध्यक्ष शेर्पाबाट घरमै पाएको सम्मानले धेरै खुशी भएको भन्दै वडा र नगरपालिकामा हाल काँग्रेस नेतृत्वको सरकारले गरेको जनमुखी काम देखेर काँग्रेसमा प्रवेश गरेको नवप्रवेशीहरुको भनाइ छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार