धितोपत्र बजारमा सूचना प्रवाह बारे बोर्डले गरायो सचेत –

काठमाडौं, बैशाख १३ । धितोपत्र बजारमा सूचना प्रवाह बारे धितोपत्र बोर्डले सचेत गराएको छ ।


सूचीकृत संगठित संस्थाहरुको धितोपत्र बजार मूल्यमा प्रभाव पर्ने कतिपय सूचनाहरु आधिकारिक निर्णय हुनु अगावै बाहिर आउने गरेको प्रति बोर्डले सचेत गराएको हो ।

सम्बन्धित कम्पनीका अध्यक्ष/संचालक तथा प्रमुख कार्यकारी अधिकृत सहितका उच्च स्तरका पदाधिकारीहरुबाट विभिन्न संचार माध्यमहरु मार्फत समय समयमा सम्प्रेषण हुने गरेको समाचारहरुको सम्बन्धमा बोर्डको ध्यानाकर्षण भएको जनाएको हो ।

यसरी धितोपत्रको बजार मूल्यमा असर पर्न सक्ने विभिन्न जानकारी तथा सूचनाहरु आधिकारी निर्णय अगावै प्रेषित हुँदा यसका आधारमा प्रत्यक्ष वा परोक्ष रुपमा लगानीकर्ताहरु प्रभावित भई धितोपत्रको बजार मूल्यमा असर पर्ने र कतिपय अवस्थामा लगानीकर्ताहरुले नोक्सानी समेत व्यहोर्नुपर्ने हुन्छ ।

तसर्थ यस तर्फ सचेत हुन अन्यथा सम्बन्धित कम्पनीको कारोवार रोक्का गर्ने लगायतका कारबाही समेत गरी सूचीकृत कम्पनीहरुमा सुशासन कायम गर्ने तर्फ सजग गराईएको बोर्डले जनाएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार