हरेक नगरपालिकामा स्मार्ट सिटी र पृथ्वीनारायणको तस्विर राख्ने राप्रपाको संकल्प

काठमाडौं, बैशाख १३ । राष्ट्रिय प्रजातन्त्र पार्टीले स्थानीय निर्वाचनको लागि संकल्प–पत्र सार्वजनिक गरेको छ । ललितपुरमा आज आयोजित कार्यक्रममा राप्रापाले १० वर्षमा हरेक नगरपालिकालाई स्मार्ट सिटि वनाउने अवधारणा सहितको घोषणा पत्र सार्वजनिक गरेको हो ।

महत्वकांक्षी योजना समेटिएको संकल्प पत्र पार्टी अध्यक्ष कमल थापाले प्रोजेक्टर मार्फत नेता तथा कार्यकर्ताको वीचमा सार्वजनिक गरेका थिए ।

‘राप्रपाको अभियान सकरात्मक परिवर्तन, राष्ट्रियता, हिन्दुत्व ,विकास र शुसासन’ भन्ने मूल चुनावी नारा तय गरेको राप्रपाले राष्ट्रियताको सुदृढीकरणलाई उच्च प्राथमिकता दिएको छ ।

सकल्प पत्रमा राप्रापाले चुनाव जितेको गाउँ पालिका र नगरपालिकामा पृथ्वीनारायण साहको अनिवार्य तस्वीर राख्ने उल्लेख गरेको छ भने शिक्षाको लागि स्थानीय निकायबाट २० प्रतिशत बजेट विनियोजन गर्ने बताएको छ ।

५ वर्ष भित्रमा प्रत्येक परिवारका १ जनालाई अनिवार्य रोजगारी प्रदान गर्ने उल्लेख गरिएको छ भने पर्यटन र पर्यावरण विकासको लागि प्रत्येक घरमा दुईवटा रुख लगाउनुपर्ने अन्यथा नक्सा पास नगर्ने बताइएको छ ।

सार्वजनिक स्थानमा निशुल्क वाईफाई सहितको इन्टरनेट सुविधाको साथै कुल स्थानीय निकायको कुल बजेटको १० प्रतिशत महिलाको स्वास्थ्य र रोजगारीमा खर्च गरिने संकल्प पत्रमा उल्लेख गरिएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार