सगरमाथामा तीन जना आरोहीको मृत्यु, २५० बढीले शिखर चुमे


हिमशिखर समाचारदाता
सोलुखुम्बु, जेठ ८ गते । सगरमाथा आरोहणका क्रममा तीन जना आरोहीको मृत्यू भएको छ । आइतबार ५० वर्षिय अमेरिकी नागरिक रोल्याण्ड एयर उडको मृत्यू आज पुष्टि भएको छ । चिकित्सकसमेत रहेका उहाँको आइतबार आठ हजार चार सय मिटरको उचाइमा ज्यान गएको पर्यटन विभागका निर्देशक दिनेश भट्टराईले जानकारी दिनुभयो ।
त्यस्तै, सोमबार दुईजना आरोहीको समेत मृत्यू भएको छ । स्लोभाकियाका भ्लादिमिर स्पेर्वा र भारतीय नागरिक रवि कुमारको आरोहणका क्रममा मृत्यू भएको उहाँले जानकारी दिनुभयो । आरोहण सकेर फर्कदै गरेका भारतीय नागरिक भने शनिबारदेखि हराइरहेका थिए । यससँगै यस वर्ष सगरमाथामा ज्यान गुमाउनेको सङ्ख्या पाँच पुगेको छ ।
यसअघि नेपाली नागरिक मीनबहादुर शेरचनको आधार शिविरमा ज्यान गएको थियो भने स्वीस नागरिक युली स्टेकको पनि आधार शिविरमै लडेर ज्यान गएको थियो । यस वर्ष सोमबारसम्ममा करिब २५० जना आरोही सगरमाथाको शिखरमा पुगेको निर्देशक भट्टराईले बताउनुभयो । यस वर्ष ३९ समुहका ३६५ जनाले सगरमाथा आरोहण गर्ने लक्ष्य रहेको छ भने आठ समूहका एक सय जनाले ल्होत्से, दुई समूहका १९ जनाले नुप्त्से हिमाल र दुई समूहमा २५ जनाले आमाडब्लम हिमालको आरोहण गर्ने तयारीमा रहेका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार