देउवा सरकारमा को को बन्दैछन् कांग्रेसबाट मन्त्री

काठमाडौं ।कांग्रेस सभापति शेरबहादुर देउवाको नेतृत्वमा बन्‍ने नयाँ सरकारमा सहभागी हुने मन्‍त्री छनोटको गृहकार्य सुरु भएको छ। मन्‍त्री बन्‍नका लागि दौडधूप र लबिङ पनि तीव्र भएको छ।मन्‍त्री बन्‍नका लागि धेरैजना आंकाक्षी भएकोले देउवालाई सूची तयार गर्न कठिन छ।

यस पटकको मन्त्रिपरिषद्‌मा देउवाले  नयाँ अनुहारलाई प्राथमिकता दिने तयारी गरेका छन्। यसअघि मन्त्री नभएका र पार्टीमा निरन्तर क्रियाशिल पात्रहरुलाई मन्‍त्रीमन्डलमा समावेश गर्ने गृहकार्यमा देउवाको टिम लागेको छ।

यसपटक समावेश हुन सक्ने नयाँ अनुहारमा राजन केसी, शेखर कोइराला, मीन विश्वकर्मा, वीरबहादुर बलायर, धनराज गुरुङ, फर्मुल्लाह मन्सुर, भिष्म आङदाम्बेलगायत छन् ।

काठमाडौंका पुराना कांग्रेसी नेता राजन केसीले अहिलेसम्म  कुनै ठूलो  पद तथा अवसर पाएका छैनन्। तर  जनस्तरमा उनको छवि राम्रो छ। खासगरी काठमाडौंको विकास पूर्वाधार तथा अन्य स्थानीय काममा निरन्तर सक्रिय राजनको योगदानले काठमाडौंमा कांग्रेसलाई राम्रो जस प्राप्त हुने गरेको छ र यहाँको संगठनमा त्यसको सकारात्मक प्रभाव पर्दै आएको छ। राजनलाई समावेश गर्न देउवालाई काठमाडौंका नेताहरुले सुझाव दिइसकेका छन् ।त्यसैगरी पार्टीमा निरन्तर देउवालाई सहयोग गर्दै आएका बलायरले पनि अहिलेसम्म अवसर पाएका छैनन् । यसपटक उनको संभवान बलियो छ।

यस्तै जीवन परियार, बद्री पाण्डे, उदय शमसेर राणा र रामहरि खतिवडा,  केशव थापा, कञ्चनपुरका बहादुर थापा, महोत्तरीका किरण यादव पनि मन्त्री नयाँ अनुहारको रुपमा चर्चामा छन्।

त्यस्तै बलबहादुर केसी, डा. नारायण खड्का, महेश आचार्य, डा. मिनेन्द्र रिजाल, प्रकाशसरण महत, ज्ञानेन्द्र कार्की तथा मोहन बस्नेतलगायतका नेताहरु देउवाको मन्त्रिमण्डलका समावेश हुने संभावित पात्रहरु हुन् ।

पार्टीकै बिभिन्न समूहबाट मन्त्रीहरु समावेश गर्नुपर्ने बाध्यतामा रहेका देउवाले उपप्रधानमन्त्री, मन्त्री तथा राज्यमन्त्री गरेर भए पनि सबैलाई समेटेर अघि बढ्ने तयारीमा छन् ।

को बन्लान् उपप्रधानमन्त्री ?

देउवाले गठन गर्ने मन्त्रिपरिषद्‌मा उपप्रधानमन्त्री बन्‍न पनि पार्टीभित्रै प्रतिस्पर्धा छ।  गुट व्यवस्थापन गरेर उपप्रधानमन्त्रीको टुंगो लगाउन देउवालाई सजिलो छैन। उपप्रधानमन्त्रीका रुपमा केही नामहरुको चर्चा सुरु भएको छ।
माओवादीसँगको डिल गर्न सजिलो होस् भनेर  यसअघि नै उपप्रधानमन्त्री भइसकेका कृष्ण सिटौला पनि महत्वपूर्ण मन्‍त्रालयसहित उपप्रधानमन्‍त्री बन्ने संभावना छ। त्यसैगरी प्रकाशमान सिंह र देउवा निकट नेता गोपालमान श्रेष्ठको पनि उपप्रधानमन्त्रीका रुपमा चर्चा गरिएको छ ।

त्यस्तै सफल अर्थमन्त्रीको छबि बनाइसकेका डा. रामशरण महत पनि उप प्रधानमन्त्रीको बलियो दाबेदार हुन् । महत कुनै पनि गुटमा सामेल नभएकोले रामचन्द्र पौडेल र देउवा दुबै पक्षका लागि उनी साझा पात्र हुन सक्ने सम्भावना छ ।

यी मन्त्री दोहोरिन सक्छन् ।

नयाँ सरकारमा केही पुराना मन्त्रीहरु पनि दोहोरिने सम्भावना छ । खासगरी प्रचण्ड नेतृत्वको सरकारका पालामा उल्लेखनीय काम गरेका मन्त्रीहरुलाई दोहोर्याउन जनस्तरबाटै दबाब बढेकाले देउवाले नविन्द्रराज जोशी र गगन थापालाई दोहोर्याउने सम्भावना रहेको छ । त्यस्तै उपप्रधान तथा गृहमन्त्री रहेका विमलेन्द्र निधि पनि दोहोरिने सम्भावित व्यक्ति हुन् ।

कुनकुन दल सरकारमा सहभागी हुँदैछन् ?

देउवा नेतृत्वमा बन्न लागेको नेकपा माओवादी केन्द्रसँगको गठबन्धन सरकारमा माओवादी केन्द्रले प्रमुख हिस्सा खोज्ने छ नै । एक उपप्रधानमन्त्रीसहित कम्तीमा ६ मन्त्री र केही राज्यमन्त्री माओवादी केन्द्रको भागमा पर्नेछन् । भर्खरै उपप्रधानमन्त्री भएर सरकारमा गएका विजय गच्छदार सरकारमा रहनेछन् ।

सकेसम्म राप्रपालाई पनि सरकारमा सहभागी गराउन कांग्रेसभित्रै दबाब छ । त्यसै यसअघि सरकारमा रहेका अन्य स–साना दलहरु भागवण्डाको आधारमा सरकारमा सहभागी हुने तयारीमा रहेका छन् । नेपालतारामा छ

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार