के छ जिल्ला शिक्षा कार्यालयलाई नयाँ निर्देशन ???

हिमशिखर समाचारदाता
सोलुखुम्बु । मुलुकका ७७ वटै जिल्ला शिक्षा कार्यालयहरुलाई शिक्षक सरुवा, नियुक्ति तथा दरबन्दी मिलान सम्बन्धी नयाँ निर्देशन दिइएको छ ।

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको शिक्षा विभाग अन्तरगत विद्यालय शिक्षा व्यवस्थापन शाखाले सबै जिशिकालाई हालसम्म सम्पादन गर्दै आएका नियुक्ति, सरुवा र दरबन्दी मिलानसँग सम्बन्धी सबै काम अर्को आदेश नभएसम्म चैत २१ गतेबाट नगर्न नगराउन निर्देशन दिएको छ ।

चैत २८ पछि जिल्ला शिक्षा कार्यालयहरू नरहने स्थानीय शासन सञ्चालन ऐनमा उल्लेख भएपनि चालु आर्थिक वर्षका लागि बजेट कार्यक्रम जिशिकामा गएकाले असारसम्म कार्यालय यथावत् राख्ने निर्णय मन्त्रिपरिषद्ले गरेको भोलिपल्ट यस्तो जिर्देशन दिएको मन्त्रालयले हो । शिक्षा कार्यालयको साटो डिभिजन वा जिल्ला प्रशासन कार्यालय मातहत शिक्षाको कुनै इकाई राख्ने गरी छलफल चलिरहेको मन्त्रालयले जनाएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार