बस दुर्घटना : ५ को मृत्यु, ३३ घाइते

दीपक उपाध्याय/

डडेल्धुरा । बुधबार बिहान बिहान ५ बजेतिर डडेल्धुरामा बस दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको छ । धनगढी बाट बझाङ जाँदै गरेको ना ६ ख १८३१ नम्बरको यात्रुबाहक बस भिमदत्त राजमार्गको गन्यापधुरा गापा १ साहुखर्कमा दुर्घटनामा हुँदा उनीहरुको घटनास्थलमै मृत्यु भएको हो ।

दुर्घटनामा परी ३३ जना घाइते भएका छन् । उनीहरुकाे उपक्षेत्रीय अस्पताल डडेल्धुरामा उपचार भइरहेकाे छ। मृत्यु हुनेमा ३ पुरुष २ महिला रहेपनी सनाखत हुन सकेको छैन । बस सडकबाट करिब २ सय मिटर तल खसेको डडेल्धुराका प्रमुख जिल्ला अधिकारी मोहनराज जोशीले घटनास्थल बाट जानकारी दिए ।

घटनास्थल पुगेर घाइतेहरुकाे उद्धार भइरहेको प्रहरी जानकारी दिएको छ । घटनाबारे थप जानकारी आउन बाँकी छ ।news24nepaltv

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार