
३ घण्टा ५६ मिनेट १० सेकेण्डमा निर्धारित दूरी पार गर्दै कपिलदेव बुढा दोस्रो, ३ घण्टा ५८ मिनेटमा निर्धारित दूरी पार गर्दै रामकुमार राजभण्डारीले तेश्रो स्थान हासिल गर्नु भएको छ ।
सगरमाथाको आधारशिविरबाट शुरु भएको म्यारथन गोरक्सेप, लोवुचे, थुक्ला, फेरिचे, दिङवोचे, पाङवोचे, तेङवोचे क्याङेमा हुँदै नाम्चे बजारको चौर क्याम्पमा आएर समापन भएको हिमालय एक्सपीडिसनले जनाएको छ ।
४२ किलोमिटर दुरीको म्याराथन विजेताले क्रमशः ५० हजार, ३५ हजार र २५ हजार नगद पुरस्कार प्राप्त गरेकाछन् । त्यस्तै ६० किलोमिटर अल्ट्रा तर्फको विजेताले क्रमशः एक लाख, ७५ हजार र ५० हजार नगद प्राप्त गर्नेछन् ।
६० किलोमिटरको अल्ट्रा म्याराथन, २१ किलोमिटरको हाफ म्याराथनको भने नतिजा आउन बाँकी रहेको छ ।