प्रतिबन्धपछि झन आक्रामक बन्दै विप्लव समूह, यस्तो छ तथ्याङ्क

काठमाण्डौ । सरकारले प्रतिबन्धको घोषणा गरे पश्चात विप्लव नेतृत्वको नेकपा समुह आक्रामक बन्दै गएको छ । बन्द हड्तालदेखि बम पट्काउने काममा सक्रिय विप्लव समुहले सशस्त्र द्धन्द्धकै शैली अपनाउनाले नागरिक यतिबेला आतंकित छन् । प्रतिवन्धपछी विप्लवका कार्यकर्ता माथि कडा निगरानी राखि सरकारले धरपकडलाई तिब्र बनाउदा बिप्लव समुहले बम पडकाउने र नागरिकलाई आतंकित बनाउने काम तिव्र पारेको देखिन्छ ।

सरकारको दमनकै कारण विप्लव नेतृत्वको समुह उग्र बन्दै गएको विश्लेषकहरु बताउछन् । जुन कुरा प्रहरी प्रधान कार्यालय नक्सालको तथ्यांङकले प्रष्ट पार्छ ।
प्रहरीको तथ्यांक अनुसार सरकारले विप्लव माथि प्रतिवन्ध लगाए पछि करीब साढे दुई महिनाको अवधिमा बम बिस्फोट तथा प्रहरीसँगको झडपका क्रममा ५ जनाको मृत्यु भैसकेको छ । ७ जना घाईते छन् ।

विप्लव समुहले देशका विभिन्न १ सय १३ वटा स्थानमा बम राखेका थियो जसमध्ये १८ वटा बम बिस्फोट भएका छन् भने ९५ वटा बमलाई नेपाली सेनाको टोलीले डिस्पोज गरेको छ । करिब साढे दुई महिनाको छोटो समयमा पनि विप्लवका कार्यकर्ता सँग ८ वटा साना ठुला हतियार र २ सय २७ राउन्ड गोली प्रहरीले बरामद् गरेको छ । त्यस्तै विभिन्न समयमा बन्दको अवहेलना गरेको भन्दै विप्लव समुहले १० वटा सवारी साधनमा तोडफोड र आगजनी गरेको छ ।

प्रतिबन्ध पछि प्रहरीले विप्लवका ४ सय १८ जना नेता तथा कार्यकर्तालाई पक्राउ गरेको छ । जसमध्ये ३ सय ६९ जना विरुद्द मुद्दा दर्ता भएको छ । प्रहरीका अनुसार ५४ जनालाई पुर्पक्षका लागि कारगार चलान गरिएको छ । त्यस्तै १ सय १४ जना अहिलेपनी अनुसन्धानको दायरामा छन् ।

हुनत प्रतिबन्ध पहिले पनि प्रहरी प्रशासनले विप्लवका नेता कार्यकर्तालाई धरपकड नगरेको होइन । प्रतिबन्ध पहिलेको ९ महिनाको तथ्यांक हेर्ने हो भने विप्लव समुहका १ सय ९० जना परेका छन् भने १ सय ७२ जना विरुद्द मुद्दा दायर गरिएको छ ।

यस तथ्यांकलाई हेर्दा ९ प्रतिवन्ध पहिनाको ९ महिनामा पक्राउ पर्ने विप्लव समुहका नेता कार्यकर्ताको संख्या भन्दा प्रतिवन्ध पछिको साढे २ महिनामा पक्राउ पर्नेको संख्या दोब्बर बढी देखिन्छ । यसबाट पनि बुझ्न सकिन्छ की फरक राजनीतिक आस्था राखेको विप्लव समुह माथि सरकारको दमनले अशान्ति फैलिदै गएको छ । दमनको प्रतिकार स्वरुप नै विप्लव समुहले अराजक गतिविधि बढाउदै छ ।

सरकार र विप्लव नेतृत्वको समुहविचको अन्तर द्धन्द्धले नागरिकहरु क्रसित छन् । सरकार राज्य सञ्चालनको पावर प्रदर्शन गर्दै दम्भ देखाउने अनी विप्लव समुह अराजक बन्दै जाने शिलशिला जारी रहदाँ नागरिक चेपुवामा परेका छन् । सरकारको दम्भ र विप्लवको शस्त्र उठाउने बाटो अवलम्वनले नेपालमा पुन द्धन्द्धको भय देखा परेको छ ।

१० वर्षेय लामो द्धन्द्धको मारबाट बाहिर निस्केको १३ वर्ष नवित्दै पुन मुलुक द्धन्द्धमा फसे यसले नयाँ नेपाल भन्नौ वा समृद्ध नेपाल यि कुनै पनि भविष्य करिब असम्भव जस्तै बन्ने देखिन्छ । त्यसैले देशमा सुशासन कायमको नारा लगाउनेले शान्तिको बाटो अवलम्वन गर्नु पर्छ र सरकारले असन्तुष्ट पक्षलाई लोकतान्त्रिक मुल्य र मान्यताको सिद्धान्तमा टेकी शान्तिको मार्गमा ल्याउन प्रभावकारी कदम चाल्नु पर्छ । शान्ति र समृद्धी आजको आवश्यकता हो तर अशान्तिको मार्ग मार्फत शान्तिको आशा नेपाली नागरिकको इच्छा विपरित देखिन्छ ।रिपोर्टर्सनेपाल डटकमबाट ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार