बंगलादेशलाई हराउँदै नेपाल स्वर्णपदक नजिक

नेपालले बंगलादेशलाई पराजित गर्दै १३ औं दक्षिण एशियाली खेलकुद (साग )अन्तरगत फुटबलको फाइनलमा स्थान पक्का गरेको छ भने स्वर्ण पदक नजिक पुगेको छ। आइतबार साँझ दशरथ रंगशालामा भएको खेलमा नेपालले बँगलादेशलाई १-० गोल अन्तरले पराजित गरेको हो ।

खेलको पहिलो हाफको ११ औं मिनेटमा सुनिल बलले गोल गर्दै टोलीलाई जित दिलाएका हुन् । सुजल श्रेष्ठको पासमा बलले गोल गरेका हुन् ।
निकै प्रतिष्पर्धात्मक खेलमा नेपालले गोल गर्ने केही मौका गुमायो । दुवै टोलीले गोलका अवसर सृजना गरेपनि सफलता हासिल गर्न सकेनन् । घरेलु दर्शकले दशरथ रंगशाला खचाखच हुँदा खेलाडीहरु उत्साही भएका थिए ।

खेलको अन्ततिर तनाव बढेको थियो । बंगलादेशी खेलाडी जमालले रेडकार्ड पाएपछि तनाव भएको हो । खेलमा बँगलादेशी खेलाडी निकै तनावमा देखिएका थिए ।

फाइनलमा नेपालले भुटानसँग खेल्नेछ । भुटान पहिलोपटक साग फुटबल फाइनमा पुगेको हो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार