प्रदेशस्तरीय पुरुष भलिबल सोलुखुम्बुमा, १३ टिम सहभागी


सोलुखुम्बु । मदन भण्डारी प्रदेशस्तरीय पुरुष भलिबल प्रतियोगिता सोलुखुम्बुमा मङ्गलबारबाट शुरु भएको छ । मदन भण्डारी स्र्पोटस् एकेडेमी प्रदेश नम्बर १ को आयोजनामा प्रदेशस्तरीय पुरुष भालिबल प्रतियोगिता सदरमुकाम सल्लेरीमा संघीय सांसद हेमकुमार राईले उद्घाटन गर्नुभएको हो ।

प्रतियोगितामा ताप्लेजुङ बाहेक प्रदेश नम्बर १ का १३ जिल्लाको सहभागिता रहेको मदन भण्डारी स्र्पोटस् एकेडेमी सोलुखुम्बुका अध्यक्ष दिपक राजभण्डारीले जानकारी दिनुभयो । उहाँकाअनुसार पहिलो दिनको खेलमा सोलुखुम्बुले भोजपुरलाई २५–१७, २५–२०, सुनसरीले पाँचथरलाई २५–१९, २५–२२, झापाले धनकुटालाई २५–२०, २६–२४, ओखलढुङ्गाले तेह्रथुमलाई २५–१८, २५–२३ र मोरङले खोटाङलाई २५–१४, १२–२५, २५–२० को सेटमा पराजीत गरेका छन् । ताप्लेजुङ सहभागी नहुने भएपछि झापाले पहिलो खेल नखेली अङ्क प्राप्त गरेको छ ।

नेपाल पर्यटन बर्ष २०२० लाई समेत सहयोग पु¥याउने उद्देश्यले आयोजित प्रतियोगिताको विजेतालाई १ एक ५० हजार रुपियाँ, दोस्रो हुनेले एक लाख रुपियाँ, तेस्रो हुनेले ५० हजार रुपियाँ र सान्तवना हुनेले २५ हजार रुपियाँ नगदको साथमा ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिने छ ।

उत्कृष्ट खेलाडीलाई १५ हजार रुपियाँ, बेष्ट ब्लकर, बेष्ट स्पाईकर, बेष्ट लिफ्टर, बेस्ट डिफेन्डर, बेष्ट सर्भरलाई १०/१० हजार रुपियाँका साथमा ट्रफी, मेडल र प्रमाण पत्र प्रदान गरिने आयोजकले जनाएको छ । खेलाडीलाई भत्ता, खेल पोषाक, खान, बस्न र यातयातको ब्यवस्था आयोजकले गर्ने जनाइएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार