खेलकुद र पर्यटन संगै अगाडी बढाउनुपर्छ : अध्यक्ष असिम राई

सोलुखुम्बु | गाउँपालिका महासंघ प्रदेश नम्बर १ का कोषाध्यक्ष एवम् थुलुङदुधकोशी गाउँपालिकाका अध्यक्ष असिम राईले खेलकुद र पर्यटनलाई सँगसँगै अगाडी बढाउँनुपर्ने धारणा व्यक्त गर्नुभयो । मदन भण्डारी स्पोर्टस एकेडेमी प्रदेश एकको आयोजनामा भएको पुरुष भलिबल खेलको उद्घाटन सत्रलाई संबोधन गर्दै उहाँले आफ्नो गाउँपालिले २ वटा अध्यक्ष रनिङ शिल्डको आयोजना गरिसकेको बताउनुभयो ।

खेलकुदको माध्यमबाट थुप्रै बिकासका आधार खडा हुनेभएकाले थुलुङदुधकोशीले खेलकुदमा उल्लेख्य लगानि गरेको पनि प्रष्ट पार्नुभयो । गत मंसिर ५ गतेदेखी ८ गतेसम्म गाउँपालिका केन्द्र मुक्लिमा दोस्रो अध्यक्ष रनिङ शिल्ड तथा प्रथम गाउँपालिका महोत्वसको आयोजना गरिएको थियो । पर्यटन बर्ष २०२० लाई लक्षित गरि १ लाख पर्यटक भित्र्याउने लक्ष्य सहित कार्यक्रमको आयोजना गरेको जानकारी दिदै अध्यक्ष राईले सबैले यस क्षेत्रमा ध्यान दिनुपर्नेमा जोड दिनुभयो । 

कार्यक्रममा बोल्नु हुदै योङ्ग स्टार क्लबका अध्यक्ष बुद्धिनारायण श्रेष्ठले खेलकुदको माध्यामबाट विश्वलाई चिनाउने बताउनुभयो । अहिलेको कुराबाट सिकेर थप सुधार गर्ने पनि उहाँले प्रतिबद्धता व्यक्त गर्नु भएको थियो । कार्यक्रममा विभिन्न सरकारी कार्यालयका प्रमुखहरुको समेत उपस्थिति रहेको थियो । source:radiosolu.org

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार