लिग चरणका सबै खेल सम्पन्न

सोलुखुम्बु । मदन भण्डारी स्पोर्टस् एकेडेमीद्वारा सोलुखुम्बुमा आयोजित प्रदेशस्तरीय तेस्रो मदन स्मृति पुरुष भलिबल प्रतियोगिताको लिग चरणका सबै खेल सकिएका छन् ।

योङ्ग स्टार क्लवको खेल मैदानमा जारी प्रदेश नम्बर १ का १३ जिल्लाको सहभागी प्रतियोगितामा चार समूह रहेको मदन भण्डारी स्पोर्टस् एकेडेमी सोलुखुम्बुका अध्यक्ष दिपक राजभण्डारीले जानकारी दिनुभयो ।

क्वार्टर फाइनलमा प्रवेश गरेका जिल्लाहरु झापा र सङ्खुवासभा, सोलुखुम्बु र खोटाङ, सुनसरी र धनकुटा, ओखलढुङ्गा र भोजपुर प्रतिस्पर्धा गर्नेछन् । इलाम, उदयपुर, पाँचथर, मोरङ र तेह्रथुम जिल्ला भने लिग चरणबाट बाहिरिएका छन् । क्वाटर फाइनलको पहिलो खेलमा बिहीबार झापा र सङखुवासभा भिड्नेछन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार