लक्ष्मीको बैङ्कको सेवा नेलेमा

सन्तोष राउत/ सोलुखुम्बु । सोलुखुम्बुको थुलुङदुधकोसी गाउँपालिक–१ नेले बजारमा लक्ष्मी बैङ्कको एक्सटेन्सन काउन्टर स्थापना भएको छ ।

तेस्रो शाखाको रुपमा स्थापना गरिएको बैङ्कको उद्घाटन गर्दै गाउँपालिका अध्यक्ष असिम राईले राष्ट्र बैङ्कको नीतिअनुसार एक स्थानीय तह एक बैङ्क स्थापना कार्यान्वयन गर्ने क्रममा ठूलो बजार नेले हुँदाहुँदै पनि गाउँपालिकाको केन्द्र मुक्लीमा बैङ्क स्थापना गर्नुपरेको भएपनि अहिले नेलेबासीको बैङ्क स्थापना होस भन्ने चाहाना बमोजिम शाखा विस्तार गरिएको अध्यक्ष राईले बताउनुभयो ।

सो वडाका अध्यक्ष घनराज सुनुवारले जिल्लाको व्यापारिक केन्द्रको रुपमा रहेको नेलेमा बैङ्कस्थापनासँगै स्थानीयमा उत्साह थपिएको भन्दै बैङ्किङ कारोबारका लागि लागि अब सल्लेरी र मुक्ली धाउनुपर्ने बाध्यता हटेको बताउनुभयो ।

सल्लेरी शाखाका प्रबन्धक प्रयास अधिकारीले एक्सटेन्सन काउन्टर भनिएकाले पनि शाखाकै रुपमा बैङ्कले सेवा प्रदान गर्ने जानकारी दिनुभयो । यस बैङ्कले नेले, दूधकोसीपारीका क्षेत्र र माप्यदूधकोसी गाउँपालिकाका केही क्षेत्रलाई लक्षित गरेर रेमिट्यान्स सहित बचत तथा ऋण प्रवाहको सेवा दिने उहाँले बताउनुभयो ।

यसअघि सोलुखुम्बुको मुक्ली र सदरमुकाम सल्लेरीमा लक्ष्मी लक्ष्मी बैङ्कले शाखा सञ्चालनमा ल्याएको छ । बैङ्कले निक्षेप, कर्जा, रेमिट्यान्सलगायत राजधानीमा दिने सबै सेवा यहाँ उपलब्ध गरेको छ । प्रबन्धक अधिकारीकाअनुसार पर्यटन तथा महिला उद्यमशिलता कर्जा, साना तथा लघु कृषि कर्जा प्रदान गर्ने छ । सल्लेरीमा बैङ्कसँगै एटिएम सेवा पनि सञ्चालन गरिएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार