‘कोरोनाका कारण विश्वको भविष्य ‘अज्ञात’, मानव सभ्यतानै खतरामा’ –विश्व स्वास्थ्य संगठन

एजेन्सी – चीनबाट शुरु भएको कोरोना भाइरस सङ्क्रमणले विश्वव्यापी रुप लिने अवस्था देखापर्दा विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ)ले मानव सभ्यतानै खतरा पर्न सक्ने बताएको छ।

विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ)का प्रमुख टेड्रोस अडानोम गेब्रेयसिसले कोरोना भाइरसका कारण विश्वको अवस्था के होला भनेर अनुमान गर्न नसकिने बताएका हुन्।

कोरोना भाइरस हालका लागि नयाँ साथै अनौठो खालको रहेको हुँदा यसको असर विश्वमा के हुन सक्ला भने अहिले नै भन्न नसकिने उनको भनाई छ।

कोरोना भाइरसको नियन्त्रणका लागि कुनै पनि उपाय पत्ता नलागिसकेको अवस्थामा यसले कस्तो सम्म अवस्था निम्त्याउँछ भने अहिलेनै निर्क्यौल गर्न नसकिने उनी बताउँछन्।

कोरोनाको सङ्क्रमण रोक्नका लागि तत्काल विश्वका सबै देशले एक भएर काम गर्न उनले आह्वान गरेका छन्। सोचेभन्दा अनौठो खालको भाइरस भएकाले कोरोना विश्वव्यापी चुनौतीको रुपमा रहेको भन्दै डब्ल्यूएचओले सम्पूर्ण देश सचेत हुनु पर्ने बताएको छ।

चीनमा सहित विश्वका अहिलेसम्म ७६ देशमा कोरोना फैलिसकेको छ । कोरोना भाइरस सङ्क्रमणका कारण विश्वभरि ज्यान गुमाउने मानिसको सङ्ख्या ३ हजार नाघिसकेको छ।

चीनबाहेक विश्वका अन्य १० देशका मानिसहरूको कोरोना भाइरस सङ्क्रमणको कारण ज्यान गैसकेको छ । इरानमा हालसम्म ५० जना भन्दा बढीको ज्यान गएको पुष्टि भएको छ । इटलीमा पनि ३० जनाभन्दा बढी मानिसको ज्यान गइसकेको छ ।

यस भाइरसका कारण विश्वभरी कम्तीमा ८९ हजार जनामा सङ्क्रमण भएको पुष्टि भएको छ । इटलीमा ४८ घण्टामा सङ्क्रमित मानिसको दर दोबर भएको त्यहाँको स्वास्थ्यसम्बन्धी निकायले जनाएको छ । त्यहाँ कम्तीमा ३४ जनाको मृत्यु तथा करिब १७ सय जनामा सङक्रमण भएको पुष्टि भएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार