कोरोना त्रास: सबै विद्यालयलाई चैत्र ५ गतेभित्र परिक्षा सम्पन्न गर्न शिक्षा मन्त्रालयकाे आग्रह

काठमाडौँ । कोरोना भाइरसको संक्रमण फैलिने त्रास बढेपछि शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले सबै विद्यालयलाई चैत्र ५ गतेभित्र परिक्षा सम्पन्न गर्न आग्रह गरेको छ ।

मंगलबार प्रेस विज्ञप्ति जारी गर्दै मन्त्रालयले कक्षा एक देखि नौ सम्मको परिक्षा चैत्र पाँच गतेभित्र सम्पन्न गरिसक्ने वातावरण मिलाउन  विद्यालयलाई आग्रह गरेको हो ।

यस्तै, विद्यालयमा शैक्षिक कार्यक्रम, सभा, समारोह, वार्षिकोत्सव लगाएतका भीडभाड हुने कार्यक्रम नगर्न मन्त्रालयले जनाएको छ ।

विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)ले ‘कोभिड -१९’ नाम दिएको याे भाइरस अहिले विश्वभर फैलिने क्रममा छ । यस भाइरसले विभिन्न देशका तीन हजार बढी मानिसको मृत्यु भइसकेको छ । तर, नेपालमा भने अहिलेसम्म कोरोना संक्रमण भेटिएको छैन ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार