कलेजो प्रत्यारोपण सर्जन
दयानन्द मेडिकल कलेज तथा अस्पताल लुधियाना, पंजाब, भारत
१. कलेजो प्रत्यारोपण भनेको के हो ?
नेपालमा दिन प्रतिदिन कलेजोको समस्या बढी रहेको छ । नेपाल र भारतमा मृत्यु हुने २० प्रमुख कारणहरुमध्ये ९ औं स्थानमा लिभरको समस्या बढेको छ । चिकित्सा विज्ञानमा भएको नविनतम उपचार प्रविधिले केही हदसम्म समस्या समाधान गर्न सजिलो भएको छ । मोटोपन, मधुमेह, अनुचित आहार र अस्वस्थकर जीवन शैलिका कारण कलेजोमा बोसो जम्मा हुन्छ र सोही वोसोको कारणबाट कलेजो विग्रने गरेको पाइन्छ । कलेजो सम्बन्धी रोग कुनै पनि उमेर समूहकाव्यक्तिलाई हुन सक्दछ । कलेजो प्रत्यारोपण गर्दा आमाशयको माथिल्लो भागमा चिरेर बिग्रेको कलेजो हटाइन्छ र त्यही ठाउँमा नयाँ कलेजो प्रत्यारोपण गरिन्छ । साथै यसलाई रक्तनली र वाइल डक्टसँग जोडिन्छ । एउटा स्वस्थ प्रत्यारोपणपछि फेरी सामान्य अवस्थामा आउँछ । कलेजो प्रत्यारोपण गर्न झण्डै १२–१४ घण्टाको समय लाग्दछ ।
२. कलेजो प्रत्यारोपण कस्तो अवस्थामा गर्ने ?
( कलेजो प्रत्यारोपण मुख्यतया निम्न कारणमा गरिन्छ ः
– अल्कोलिक सिरोसिस (जाँड रक्सीको कारणले बिग्रेको कलेजो)
– हेपाटाईटिस बी/सी सङ्क्रमणले कलेजो कडापन
– जन्मजात कलेजो र वाइल डक्ट विकृती
– एक्युट लिभर कोलियर
३. कस्तो व्यक्तिले लिभर दान गर्न सक्दछ ?
सामान्यतया विरामीलाई कलेजो प्रत्यारोपण गर्नु भन्दा पहिले हामीले डोनरको केही वोसिक जाँचहरु गर्दछाँै र उक्त जाँचमा सबै रिपोर्टहरु ठिक भएमा कलेजो दान गर्न सक्दछन् । मुख्यतया कलेजो दान दिनको लागि निम्न कुराहरु हुनु आवश्यक छ ः
– जीवनसाथी÷नातागोता
– पूर्ण स्वस्थ व्यक्ति
– १८ वर्ष भन्दामाथि र ५५ बर्ष भन्दा कम उमेरको
– शरीरको बडी मास इन्डेक्स (बिएमआई) सामान्य भएको
– माटो नभएको व्यक्ति
४. कलेजो दाता हुनका लागि स्वास्थ्य अवस्था कस्तो हुन आवश्यक छ त ?
( कलेजो दाता हुनका लागि निम्न कुराको आवश्यकता हुन्छ ।
– हेपाटाईटिस बी, हेपाटाईटिस सी र एचआईभी सङ्क्रमण नभएको
– अत्याधिक जाँडरक्सी सेवन नगर्ने
– लागु पदार्थ सेवन नगर्ने
– मानसिक स्वास्थ्य नबिग्रिएको
– पुख्र्यौली क्यान्सर नभएको
५. कलेजो के कारणले गर्दा कडा हुने गर्दछ ?
( सामान्यतया कलेजो निम्न कारणलहरुले गर्दा कडा हुने गर्दछ ः
– कलेजोमा इन्फेक्सन
– अत्याधिक जाँडरक्सी सेवन
– हेपाटाईटिस बी÷सी ले गर्दा
– कलेजोमा अत्याधिक बोसो जम्नु
६. मानव शरिरमा कलेजोको कामहरु के–के हुन् त ?
– रगतलाई जम्न मद्दत गर्ने प्रोटिनको विकास गर्दछ ।
– भिटामिन, बोसो र चिनीलाई संरक्षित राख्दछ ।
– शरिरको प्रतिरक्षा प्रणालीलाई आफ्नो नियन्त्रणमा राख्दछ ।
– शरिरमा बोसो, कोलेस्ट्रोल र बोसोमा घुलमिल गर्नको लागि सघाउने पित्तको विकास गर्दछ ।
– शरिरलाई सङक्रमण हुनबाट बचाउनु
७. कलेजो फेल हुँदा कस्ता लक्षणहरु देखा पर्दछन् ?
कुनै पनि स्वस्थ व्यक्ति असामान्य रुपमा आपूmलाई अन्य समयमा भन्दा बढी थकित महसुस गर्दछ भने कलेजो फेलको लक्षण हो । सामान्य अवस्थामा जन्डिस देखा पर्ने आदिकारण छन् । कलेजो फेल हुन लाग्दा सामान्यतया खानामा रुची नहुनु, कमजोरी महसुस हुनु, वाकवाकी लाग्नु, तौल घट्नु, मांसपेशीहरुमा नोक्सानी हुनु, प्रायजसो शरिर चिलाउनु तथा शरिरको कुनै पनि भागबाट सजिलैसँग रगत बग्ने जस्ता मुख्य कारणहरु चाँहि कलेजो फेल हुने बेलामा देखा पर्दछन् ।
८. क्याडेवर प्रत्यारोपण केलाई भनिन्छ ?
युयई/युसमा क्याडेवर प्रत्यारोपण प्रचलित छ । दुर्भाग्यवस नेपाल र भारतमा मृत डोनरको कलेजो उपलब्ध न्युन रहेको छ । आफ्नो संचार समूहको आधारमा आफ्नो नयाँ कलेजो प्राप्त हुन १२ देखि १६ महिना सम्म लाग्न सक्दछ । यो समयको दौरानमा ब्याक्टेरियाको समस्याले संक्रमण हुने र वारम्वार समस्या आउन सक्छ । जसमा कुपोषण, रक्तअल्पता, आमाशयबाट रक्तश्राव, पोलियो मस्तिष्क र किड्नीमा सङ्क्रमण हुन सक्दछ ।
९. कस्तो अवस्थामाकलेजोमाक्यान्सर देखा पर्दछ ?
कलेजो क्यान्सरका लक्षणहरुः
– बिना व्यायम तौल घट्नु
– तौल घटेपछि वाकवाकी लाग्नु÷उल्टी हुनु
– कलेजो ठूलो हुनु
– पेटमा दुखाई महसुस हुनु
– पेटमा अत्याधिक पानी जम्नु
– छाला र आँखा पहेंलो हुनु
– क्उभिभल बढी दायाँ छेउको करङ्गमा ठूलो महसुस हुनु
१०. तपाईंले कहिलेबाट कलेजो प्रत्यारोपण गर्न शुरु गर्नुभएको हो ? अहिलेसम्म कतिजनाको प्रत्यारोपण गर्नु भयो ? बिएलके अस्पतालमा सफलता दर कस्तो छ ?
जवमैले मेरो ःअजको डिग्री लिए त्यसपछि अन्यव्यक्तिहरु भन्दा फरक र महत्वपूर्ण काम गर्छ भन्ने लाग्यो र दक्षिण कोरियामागई लिभर प्रत्यारोपणको शिक्षालिएको हो । मैले करिव १० बर्ष भयो कलेजो कलेजो प्रत्यारोपण गर्न थालेको । अहिलेसम्म मैले १० बर्षमाकरिब ७०० जनाको प्रत्यारोपण गरेको छु । ९५५ सफलभएका छन् । बिएलके अस्पताल कलेजो प्रत्यारोपणमा इण्डिया भरिकै सवैभन्दादक्षजनशक्तिभएको अस्पताल हो । हामीले विरामीलाई२४ घण्टा नै प्रत्यारोपणको सुविधाहरु दिएका छौं ।
११. नेपालमा लिभर प्रत्यारोपणको सम्भावनाहरु के छन् ? नेपालले के गर्न सकेको खण्डमा नेपालमा गर्न सकिन्छ ?
नेपालमा लिभर प्रत्यारोपणको लागि अहिले सेन्टर नै खोलि सकिएको छ । नेपालमा लिभर प्रत्यारोपण गर्न जनशक्तिको संख्या न्युन छ र अन्य जनशिक्तिहरुलाई पनि कलेजो प्रत्यारोपण सम्बन्धी तालिम दिन सकिएको खण्डमा नेपालका विरामीहरु आफ्नै देशमा उपचार गराउन सक्दथे । कलेजो प्रत्यारोपण बढी खर्चिलो भएकोले उपचारमा विदेशिने पैशा आफ्नै देशमा खर्च हुन्थ्यो र देशलाई पनि फाइदा हुन्थ्यो । नेपालले चाँह िकलेजो प्रत्यारोपणमा लाग्ने जनशक्तिलाई समय–समयमा विभिन्न ठाउँमा प्रशिक्षणमा पठाउनु अत्यन्त आवश्यक छ । यसबाट यो क्षेत्रका जनशक्तिको कमी हुँदैन । अहिले जति पनि जनशक्ति यो क्षेत्रमा कार्यरत छन् । त्यो भन्दा बढी जनशक्ति उत्पादन गरी नेपालमा अहिले तत्कालै १÷२ ठाउँमा कलेजो प्रत्यारोपण सेन्टर खोली सफलता हासिल पार्नु आवश्यक छ । त्यसको लागि सरकारले आवश्यक बजेट विनियोजन गरी योजना बनाउन आवश्यक छ ।
बिएलकपुर अस्पताल एउटा सवैभन्दा धेरै विशेषज्ञ सेवा दिने अस्पताल हुने यो अस्पताल दिल्लीमा रहेको छ । कलेजो प्रत्यारोपणमा सवैभन्दा बढी प्रख्यात र सफल अस्पतालको रुपमा गनिन्छ । कलेजो प्रत्यारोपणका निर्देशक प्रा.डाक्टर संजय सिंह नेगीकाअनुसार यस अस्पतालले करिव ७०० जना मानिसको सफल कलेजो प्रत्यारोपण गरिसकेका छन् ।

ABOUT WRITER :
प्रो.डा. नेगीदयानन्द मेडिकल कलेज तथा अस्पताल लुधियाना, पंजाब, भारतमा कलेजो प्रत्यारोपण विभागका निर्देशक हुन्। डा. सञ्जय सिंह नेगी दयानन्द मेडिकल कलेज तथा अस्पताल पंजाबमा Hepato Pancreatic Biliary सर्जरी र कलेजो प्रत्यारोपण विभागका निर्देशक हुन् । पहिला नेगीले अतिरिक्त प्राध्यापकको रुपमा कलेजो र वाइलरी विज्ञान संस्थानमा नयाँदिल्लीमा काम गरे जहाँ उनले सफल कलेजो प्रत्यारोपण मात्र गरेनन् बरु भारतको चिकित्सा परिषदद्वारा मान्यता प्राप्त MCH डिग्री पाठ्यक्रम शुरु गरे । उनको सफल र उत्कृष्ट कामको कारणले आमन्त्रित वक्ताको रुपमा विभिन्न सभाहरुमा सहभागी हुनुका साथै सम्पादकीय वोर्डको सदस्यको रुपमा रहनुभएको छ । उनका लेख, रचनाहरु अन्तर्राष्ट्रिय अखवारहरुमा छापिनुका साथै कलेजो प्रत्यारोपण सम्बन्धी एक समिक्षक पनि हुन् । उनको योगदानलाई कदर गर्दै युरोपेली संगठनको प्रत्यारोपण सर्जरीमा मानार्थ उपाधीबाट सम्मान गरेको छ । उनलाई युरोपेली सर्जरीको सहयोगमा कामको कदर गर्दै HPB सर्जरीमा अन्तर्राष्ट्रिय Hepato Pancreatic – Biliary सर्जरी संगठन र युरोपेली सर्जरी वोर्डबाट पुरस्कृत गरिएको थियो । नेगी यस्तो पुरस्कार पाउने पहिलो भारतीय नागरिक हुन् । Email:drsanjaynegi@gmail.com
+977-9849000828
www.delhilivertransplant.com