सोलुखुम्बु । प्रदेश नं. १ सरकारले सोलुखुम्बुका साहित्यकार डि.बी. किराँतीलाई नगद सहित सम्मान गर्ने भएको छ ।
सगरमाथा नाट्यकला प्रतिष्ठानका अध्यक्ष समेत रहनुभएका किराँतीलाई प्रदेश १ को मन्त्रिपरिषद बैठकले नगद नगद ५० हजार रुपियाँ सहित सम्मान गर्ने निर्णय गरेको हो ।
साहित्य कला विधामा प्रदेश सरकारले किराँतीलाई सम्मान गर्ने निर्णय गरेको हो । विगत लामो समयदेखि सोलुखुम्बुको कम्यूनिष्ट राजनीतिमा सक्रिय किराँतीका ‘पागलको डायरी’, ‘कहाँ जान्छौ तन्नरी ?’, लगायत दर्जनौँ लोाकप्रिय नाटक तथा कविता प्रकाशित भइसकेका छन् ।
उहाँका उपन्यास ‘खोजी’, खण्डकाव्य ‘के तिमी जिउँदै छौ ?’, कविता मुक्तक संग्रह ‘पोको पन्तरा’, नाटक ‘चुनौति’, निबन्ध संग्रह ‘के हो नयाँ नेपाल ?’, ‘चौतारो’, सुनुवारी भाषा सँस्कृितमा आधारित ‘मुल्क्यम’, किचन गार्डेन ‘कृषि हाते पुस्तिका’ र ‘प्राङ्गारिक कृषि डायरी’ लगायत पनि प्रकाशित भएकाछन् ।
२०१२ सालमा ओखलढुङ्गाको रुम्जाटारमा जन्मिनुभएका किराती पछिल्लो समय व्यवसायिक कृषिमा समेत सक्रिय रहनुभएको छ ।