सोलुखुम्बुका कट्टेललाई ‘इटहरी काव्य पुरस्कार’

सोलुखुम्बु । इटहरी साहित्यिक समूह सुनसरीले प्रत्येक वर्ष प्रदान गर्दै आएको ‘इटहरी काव्य पुरस्कार’ सोलुखुम्बुका साहित्यकार तथा शिक्षक हरि कट्टेललाई प्रदान गरेको छ ।

इटहरीमा २०७ औं भानु जयन्तीका अवसरमा आयोजिक कार्यक्रममा सोलुखुम्बुका अग्रज प्रगतिवादी साहित्यकार कट्टेललाईसो पुरस्कार प्रदान गरिएको सुवास जमरकट्टेलले जानकारी दिनुभयो ।

साहित्यकार कट्टेललाई दोसल्ला ओढाई प्रमाण पत्र र ११ हजार १११ रुपियाँ नगदसहित सम्मान गरिएको हो । कट्टेल लामो समयदेखि शिक्षण पेशामा आवद्ध रही नेपाली साहित्यमा समेत अब्बल साहित्यकारका रुपमा रहनुभएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार