पूर्वाञ्चल विश्वविद्यालयको परीक्षा मंसिर अन्तिमदेखि

पूर्वाञ्चल विश्वविद्यालयको परीक्षा आउँदो मंसिर अन्तिम सातादेखि हुने भएको छ । विश्वविद्यालयको कार्यकारी परिषद्ले परीक्षा मंसिर अन्तिम सातादेखि गर्ने निर्णय गरेको सूचना सार्वजनिक गरिएको छ ।

स्वास्थ्यको मापदण्ड पालना गरेर भौतिकरूपमा नै उपस्थित गराएर परीक्षा गर्ने विश्वविद्यालयले निकालेको सूचनामा उल्लेख गरिएको छ । यसअघि, विश्वविद्यालयले ‘लकडाउन’ खुलेसँगै भदौ पहिलो सातादेखि परीक्षा गर्ने कार्यतालिका प्रकाशित गरेको थियो ।

कोरोना संक्रमणका कारण केही जिल्लामा सरकारले निषेधाज्ञासमेत जारी गरेको हुँदा अवस्था सामान्य नहुन्जेलसम्मका लागि परीक्षा स्थगित गरिएको थियो ।-imagekhabar

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार