सोसोलुखुम्बु सदसदरमु सल्लेरीबाट खरिखोला हुंदै थामडांडाका लागि गएको डबल क्याप बोलेरो जीप दुर्घटना हुँदा दुई जना घाइते भएका छन्। ब्याक गर्ने क्रममा करिब ५ मिटर तल खसेको हो। प्रदेश नम्बर ३–०१०२२ च ३४७१ नम्बरको बोलेरो माप्य दूधकोशी गाउँपालिका-५ देवीस्थान आधारभूत विद्यालय नजिकै दुर्घटना हुँदा खुम्बु पासाङल्हमू गाउँपालिका-२ का लाक्पा तामाङ र लालबहादुर श्रेष्ठ रहेको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले जनाएको छ। उनीहरुको खुट्टा, हात, छात ढाड लगायतका स्थानमा चोट लागेको छ भनभ बोल्न सक्ने मध्यम अवस्था रहेको प्रहरीले जनाएको छ। उपचारका लागि हेलीकप्टर मार्फत खुम्बुपासाङल्हामु निकोलनिकी अस्पताल लुक्ला लगिएको छ । बोलेरोमा सवार चालक सहित अन्यको अवस्था सामान्य रहेको छ । चालक फरार रहेकाले खोजी कार्य भइरहेको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका प्रहरी निरीक्षक अनिल माबोहाङले बताउनुभयो। चालकक खोजी भइरहेकोले फेला परेपछि थप अनुसन्धान अघि बढाउने उहाँको भनाइ छ।