नेविसंघका प्रभावशाली नेता एवं शंकरदेव क्याम्पसका पूर्व स्ववियु सभापति शुभराम बस्नेत सहित तीन जना माथि लगाइएको मुद्दा झुठो सावित भएको छ । उहाँहरूलाई लगाइएको मुद्दामा सरकारको दावी नपुग्ने भन्दै जिल्ला अदालत सोलुखुम्बुले आइतबार सफाइ दिएको हो ।
कांग्रेस साेलुखुम्बुका युवा नेताहरु शुभराम बस्नेत, सराेज बस्नेत र उत्तम खड्कालाई जिल्ला अदालत सोलुखुम्बुले निर्दोष साबित गरेको छ।
नेपालको विद्यार्थी र लोकतान्त्रिक आन्दोलनमा लामो समयदेखि क्रियाशील बस्नेतलाई झुठो मुद्दा लगाएर फसाउन खोजे पनि सफल हुन नसकेको उहाँ निकट नेताहरू बताउँछन्।
तीनै जनालाई जेठ १६ गते सोलुखुम्बुको लिखुपिकेबाट पक्राउ गरेको थियो । त्यसलगत्तै प्रशासनले शरीर बन्धक, सांगठनिक अपराधलगायतको मुद्दा लगाउँदै २५ दिन हिरासतमा राखेको थियो ।
नुम्बुर हिमाल हाइड्रोपावर प्रालिले परियोजनास्थलमा पर्ने जग्गाको मुआब्जा नदिई स्थानीय व्यक्तिहरुको जग्गा कब्जा गरेको विषयमा लिखुखोला सरोकार समितिका अध्यक्षसमेत रहेका शुभराम बस्नेतको रोहवरमा भैरवकुमार बस्नेतलाई मुआब्जा दिने विषयमा हाइड्रो पावरका प्रतिनिधि राजनकुमार खत्रीले स्थानीय व्यक्तिहरुको सहमतिमा गरेको कागजलाई शरीर बन्धक बनाई कागज गर्यो भनी शुभराम झुटा मुद्दा लगाएको पुष्टि भएको छ।
प्रतिष्ठानमा आँच पु¥याउने र राजनीतिक भविष्य समाप्त पार्ने कुनियतले दायर गरेको मुद्दाको सुनुवाई गर्दै अदालतले आइतबार निर्दोष रहेको फैसला गरेपछि उहाँहरूले न्याय पाएको बताउनुभयो।
जिल्ला न्यायाधीश महेन्द्रराज काफ्लेको एकल एजलासले तीन वटै मुद्दा खारेज गर्दै पूर्ण रुपमा सफाइ दिएको हो ।
युवा नेता बस्नेतको पक्षबाट वरिष्ठ अधिवक्ता डा. गोकुल बुर्लाकोटी, श्याम खत्री, विदुर लामिछाने र प्रकाश बस्नेतले बहस गर थियो। नेपाल सरकारको तर्फबाट जिल्ला सरकारी वकिल श्रीराम खनालले बहस गर हो।



