लामा र मोक्तानले ल्याए ‘चनखु गाउँको झिल्के म’ (भिडियो)

लोक सेलो गायक पासाङ लामा र वैरागी मोक्तानले नयाँ सेलो गीत ‘चनखु गाउँको झिल्के म’ बजारमा ल्याएका छन् । वैरागी मोक्तानको शब्द र संगीत रहेको उक्त गीतमा पासाङ लामा, वैरागी मोक्तान, शसिकला मोक्तान र बबिता पाख्रिनको स्वर रहेको छ ।

वैरागी मोक्तानको निर्देशनमा तयार भएको गीतको भिडियोमा सम्झना तामाङ, अमिर पाख्रिन, लक्ष्मण मोक्तान, गंगा जमुना, मोनिका लामा, प्रेमिका थिङ, सुरेश मोक्तान, पासाङ लामा, वैरागी मोक्तानको अभिनय रहेको गीतको भिडियो नेपाल अञ्जना क्रियशन वैरागी मोक्तान अफिसियल यूट्युब च्यानबाट एक कार्यक्रमको सार्वजनिक गरिएको हो ।

यस अघि गङ्गा जमुना, सानु कान्छी र सानो कान्छी गीत बजारमा ल्याइसकेको र यो तेस्रो सांगीतिक कोशेली हो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार