फेरि बढ्यो पेट्रोलियम पदार्थको मूल्य, पेट्रोलको मूल्य प्रतिलिटर ११८ पुग्यो

अब नयाँ मूल्यअनुसार पेट्रोल प्रतिलिटर ११८ पुगेको छ भने डिजेल, मट्टीतेल प्रतिलिटर १०१ पुगेको छ। यसैगरि हवाई इन्धन आन्तरिकको साविक मूल्यमा दुई रुपैयाँले वृद्धि भएको छ। अब हवाई इन्धन प्रतिलिटर ७४ रुपैयाँ पुगेको छ।

खान पकाउने एलपी ग्यास तथा हवाई इन्धन अन्तर्राष्ट्रियतर्फको खुद्रा बिक्री मूल्य भने हाललाई यथावत नै राखिएको छ।

अझै पनि पेट्रोलमा ९ रुपैयाँ ३५ पैसा, डिजेलमा प्रतिलिटर पाँच रुपैयाँ ८० पैसा तथा खाना पकाउने एलपी ग्याासमा प्रतिसिलिण्डर ३९२ रुपैयाँ ८२ पैसा घाटा रहेको निगमको दाबी छ। जसअनुसार अर्धमासिक रुपमा निगमलाई एक अर्ब २७ करोड ७० लाख बराबरको घाटा रहेको दाबी गरिएको छ।

निगमले यसअघि फागुन ४ र १७ गते पेट्रोलियम पदार्थको मूल्य बढाएको थियो।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार