स्याङजाली शिक्षकको दोहोरी गीत ‘रातो कम्मल’ (भिडियो)

ठेगान छैन् सुत्ने र उठ्ने
मुटु दुख्ने आँखामा मूल फुट्ने
रातो कम्मल
ज्यान सुक्ने पिरती भयो अम्मल

माथीका शब्द लहर शुक्रबार डिजिटल बजारमा पठाइएको लोक दोहोरी गीत ‘रातो कम्मल’मा समाबेश छ ।

कलाकारको उर्वरभूमी स्याङजामा कार्यरत आधा दर्जन शिक्षकहरुले सृजना तथा निर्माणमा तयार भएको दोहोरी गीतमा सुनिता बुढा क्षेत्री र विश्व विनोदले स्वर दिएका छन् । सुनिता लोक बजारमा चलेकी गायिका हुन् भने विश्व शुरुवाती सघर्षकै चरणमा छन् ।

गंगालाल मावि चापाकोटमा कार्यरत ५ शिक्षक र जनजागृती मावि चापाकोटका प्रध्यानाध्यापकको संयुक्त प्रयासबाट बनेको गीत माया पिरतीमा आधारित छ ।

यो थेगो बनाएका हुन्, शिक्षक रामचन्द्र न्यौपानेले । यहि थेगोमा आधारित शब्द लेखनमा कस्सिए, न्यौपाने सहित उत्तम अधिकारी र कोईरालालाई भिडियो निर्माणमा अन्य शिक्षक रघुनाथ भट्टराई, गौरब भट्टराई र शिशिर आचार्यले सहयोग गरेका छन् । सर्जक तथा निर्माता उत्तम अधिकारी तनहूँ गजरकोटका हुन् भने अन्य शिक्षक स्याङजाकै हुन् ।

गीतको भिडियो छायांकन काठमाण्डौँको टोखा क्षेत्रमा गरिएको छ । प्रकाश बस्नेतको निर्देशनमा छायांकन गरिएको गीतमा करिश्मा ढकाल र संजिव सिंह ठकुरीले स्कृन शेयर गरेका छन् ।

रुपेश श्रेष्ठको कोरियोग्राफी रहेको भिडियोलाई भावना म्यूजिक सोलुसनबाट यूटुवमा सार्वजनिक गरिएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार