सोलुखुम्बुको थुलुङ दुधकोशी गाउँपालिकाले बजेट अनुमान तथा वडागत शिलिङ निर्धारण गरेको छ ।
गाउँपालिकाले आगामी आर्थिक बर्ष २०७८–७९ को बजेट अनुमान गर्दै संघिय सामानिकरण अनुदान शिर्षकमा १३ करोड ३४ लाख, संघिय शसर्त अनुदान २३ करोड ५५ लाख, संघिय राजश्व बाँडफाँड ७ करोड ६५ लाख, प्रदेश सामानिकरण अनुदान ७८ लाख १६ हजार, प्रदेश राजश्व २८ लाख ४३ हजार र आन्तरिक राजश्व ६० लाख उठ्ने आँकलन गरेको छ ।
कुल ४६ करोड ६२ लाख १६ हजार ७ सयको बजेट सिमा भित्र रहेर आगामी बजेट बाँडफाँड गरिने गाउँपालिका अध्यक्ष असिम राईले बताउनुभयो। गाउँपालिकाले वडा नम्बर १ लाख ६१ लाख, २ नम्बर वडालाई ५० लाख, ३ नम्बरलाई ४५ लाख, वडा ४ लाई ४२ लाख, ५ नम्बर वडालाई ४७ लाखको सिलिङ दिएको छ ।
त्यस्तै ६ नम्बर वडालाई ६० लाख, ७ नम्बर वडालाई ५६ लाख, ८ नम्बरलाई ४७ लाख र ९ नम्बर वडालाई ६७ लाखको शिलिङ तोकिएको अध्यक्ष राईले बताउनुभयो।-himalfm