गिनिज बुक अफ वल्र्ड रेकर्डमा नाम लेखाउने नेपाली सम्मानित (फोटो फिचर)


विश्वकै उच्च स्थानमा छायाङ्कन गरिएको म्यूजिक भिडियोबाट गिनिज बुक अफ वल्र्ड रेकर्डमा नाम लेखाउन सफल पाँच जना नेपाली सम्मानित भएका छन् ।

हिमाल एफएमको आयोजना तथा राईको ब्राण्डको प्रायोजनमा काठमाण्डौँमा आयोजित एक कार्यक्रममा पुष्कर नेपाल, सञ्चबहादुर राई, राजन खरेल, लक्ष्मण कार्की र पावल राई सम्मानित हुनुभएको हो । रेकर्ड होल्डरलाई नेपालका प्रथम उपराष्ट्रपति परमानन्द झा, रिपोटर्स क्लब नेपालका अध्यक्ष ऋषि धमला र हिमाल एफएमका अध्यक्ष निमा शेर्पाले संयुक्त रुपमा सम्मान गर्नुभएको हो ।

नेपाल यसअघि तीन पटक विभिन्न विधामा गिनिज बुकमा नाम लेखाइसकेका व्यक्ति हुनुहुन्छ । सञ्च एक पर्यटन व्यवसायी तथा प्रोजेक्टका योजनाकार र व्यवस्थापक हुनुहुन्छ । खरेल मिडियाकर्मी, पावल कुशल बाँसुरी बाधक, लक्ष्मण पर्यटन व्यवसायी हुनुहुन्छ । रेकर्ड होल्डरसँगै भिडियो छायाङ्कनमा सहभागी गायिका, मोडल, गीतकार, संगीतकार, एरेन्जर, निर्देशक, रेकडिष्ट, सम्पादक, प्राविधिक लगायतलाई सम्मान गरिएको छ ।

समुद्री सतहदेखि चार हजार ८१३ मिटरको उचाईमा अवस्थित ‘गोक्यो रि’मा लाईभ अडियो रेकर्ड तथा भिडियो छायाङ्कन गरी नेपालकोतर्फबाट वल्र्ड रेकर्ड कायम गरिएको हो । ‘गोक्यो रि’ सोलुखुम्बुको खुम्बु पासाङल्हामू गाउँपालिकामा पर्दछ ।

कार्यक्रमका अवसरमा नेपालका प्रथम उपराष्ट्रपति परमानन्द झाले अद्धितिय काम गरी रेकर्ड कायम गरेकोमा नेपाली टिमलाई बधाई दिनुभयो । पर्यटन प्रर्वद्धन समेत हुने गरी विश्वकैै उच्च भूगोलमा पुगेर किर्तिमानी कायम गर्न चानचुने विषय नभएको भन्दै उपराष्ट्रपति झाले गिनिज बुकको रेकर्डले नेपाल र नेपालीको शान उच्च बनाएको धारणा राख्नुभयो ।

तपाईहरुको कामले मैले पनि गौरब महसुस गरेको छु, उहाँले भन्नुभयो । गिनिज बुकमा नाम लेखाउने नेपालीहरुको माध्यमबाट नै नेपालको नाम अन्तर्राष्ट्रियस्तरमा परिचित भएको उहाँको भनाइ छ ।

त्यस अवसरमा वरिष्ठ पत्रकार तथा रिपोटर्स क्लब नेपालका अध्यक्ष ऋषि धमलाले राम्रो काम गर्नेलाई राष्ट्रले सम्मान गर्नुपर्ने बताउनुभयो । कला तथा संस्कृतिकै कारण अन्र्तराष्ट्रियस्तरमा नेपाललाई चिनाएको दावी गर्दै उहाँले गौरवपुर्ण काम गर्ने व्यक्तिलाई राज्यले उचित सम्मान दिनुपर्नेमा जोड दिनुभयो ।

प्रतिनिधिसभा सदस्य हेमकुमार राई ‘सुरवीर’ले गीत संगीत मार्फतनै गिनिज बुकमा नाम लेखाउँदै पर्यटन प्रर्वद्धनमा टेवा पुर्याएकोमा बधाई दिनुभयो ।

त्यस्तै, हिमाल एफएमका सल्लाहकार तथा राजनीतिज्ञ आङगेलु शेर्पाले रेकर्ड होल्डरको उपलब्धी राष्ट्रकै उपलब्धि भएको बताउनुभयो । उहाँले यो उत्साहलाई अझ देश र जनताको पक्षमा प्रयोग गर्न रेकर्ड होल्डरलाई आग्रह गर्नुभयो ।

हिमाल एफएमका सचिव कर्मा शेर्पाले वल्र्ड रेकर्डलाई आधार बनाएर पर्यटन प्रवद्र्धनमा योगदान गर्न आग्रह गर्नुभयो । अब नेपालमा पर्यटक बोलाउनुहोस्, पर्यटन क्षेत्र कोरोना कारण शिथिल बनेको छ, पर्यटन क्षेत्र चलायमान बनाउन तपाईको सक्रियता बढोस्, उहाँले आग्रह गर्नुभयो ।
चौथो पटक गिनिज बुकमा नाम लेखाउन सफल पुष्कर नेपालले रेकर्डले व्यक्तिसँगै पर्यटन र नेपाली संगीतको टेवाका लागि उच्च स्थानमा पुगेर रेकर्ड बनाएको बताउनुभयो ।

२०२० नोभेम्बर ७ मा ‘गोक्यो रिमा पुगेर भिडियो छायांकन गरेका थियौँ, यो रेकर्ड कायम गर्नका लागि सहयोग गर्ने सम्पूर्णमा धन्यवाद, उहाँको भनाइ छ । रेकर्ड होल्डर पाँच जना भएपनि अन्य सहभागीको पनि यो सफलता भएको उहाँको भनाइ छ ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार