इजरायल जान इच्छुकहरुका लागि लिखित परीक्षाको मिति तोकियो

केयर गिभरका लागि इजरायल जान चाहनेहरुको लिखित परिक्षा यही भदौ २८ गते हुने भएको छ । वैदेशिक रोजगार विभागले तोकिएका परिक्षा केन्द्रहरुमा यही महिनाको अन्त्यमा लिखित परिक्षा हुने बताएको हो ।

इजरायलले एक हजार जना नेपालीलाई केयर गिभरका रुपमा लान लागेको छ । जसमा ७० प्रतिशत महिला र ३० प्रतिशत पुरुष जान पाउनेछन् । उनीहरुले इजरायलमा मासिक डेढ लाख रुपैयाँभन्दा बढी तलब पाउने छन् ।

इजरायलमा नेपालीलाई केयर गिभरका रुपमा लग्नका लागि गत वर्षको असोजमा इजरायल र नेपालबीच सम्झौता भएको थियो । source :ratopati.com

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार