थुलुङदूधकोशी गाउँपालिकाले भौतिक रुपमा पढाउने तोक्यो मिति

सोलुखुम्बु । सोलुखुम्बुको थुलुङ दूधकोशी गाउँपालिकाले विद्यार्थीको भौतिक उपस्थितमा पठन पाठन शुरु गर्ने भएको छ। यही भदौ २७ गतेबाट विद्यार्थीको भौतिक उपस्थितीमा विद्यालय सञ्चालन गर्ने निर्णय गरेको गाउँपालिका अध्यक्ष असिम राई जानकारी दिनुभयो।

गाउँ शिक्षा समितिका अध्यक्ष समेत रहनुभएका राईको अध्यक्षतामा बसेको समितिको भर्चुअल बैठकले डब्लुएचओले निर्धारण गरेको स्वास्थ्य मापदण्ड पालना गरी विद्यार्थीको भौतिक उपस्थितीमा पालिकाभित्रका  सबै विद्यालय सञ्चालन गर्ने निर्णय गरिएको हो ।

बैठकले भदौ २६ सम्ममा विद्यालयले आफ्नो आवश्यक तयारी गर्ने, विद्यालय वरपर र शौचालयको सरसफाइ गर्ने, शुद्ध खानेपानीको व्यवस्थापन गर्ने, सबै अभिभावक र विद्यार्थीहरुसँग आवश्यक समन्वय र सम्पर्क गर्ने, सबै शिक्षकहरु विद्यालय पुगेर शैक्षिक सामग्रीहरुको आवश्यक तयारी गर्ने, एक हप्तामा सबै विद्यालयले गाउँ शिक्षा शाखामा आफ्नो तयारी प्रतिवेदन बुझाउने निर्णय समेत गरिएको जनाइएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार