मन्त्रिपरिषद् विस्तार हुँदै

काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवाले आज शुक्रवार मन्त्रीपरिषद्लाई विस्तार गर्ने तयारी गर्नुभएको छ । प्रधानमन्त्री बनेको ३ महिनापछि देउवाले मन्त्रिपरिषद्लाई पूर्णता दिन लाग्नुभएको हो ।

सत्ता गठबन्धनका शीर्ष नेताहरूबिच बिहीबार मन्त्रालय भागबन्डामा कुरा मिलेपछि आज प्रधानमन्त्री देउवाले मन्त्रिपरिषद् विस्तार गर्न लाग्नुभएको प्रधानमन्त्रीको सचिवालयले जानकारी दिएको हो ।

सहमतिअनुसार काँग्रेसले प्रधानमन्त्रीसहित ९, माओवादी केन्द्रले ५, जसपा र एकीकृत समाजवादीले ४–४ मन्त्रालय पाउने छन्। साथै माओवादी केन्द्र, एकीकृत समाजवादी र जसपाले एक–एक जना राज्यमन्त्री पनि पाउने छन्।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार