साहित्यकार वियस प्रहरीको जागिर छाडेर माओवादी केन्द्रमा

साहित्यकारको परिचय बनाउनु भएका सोलुखुम्बुका वियस राईले प्रहरीको जागिर छाडेर राजनीति शुरु गर्नुभएको छ ।

केही हप्ता अघि १५ बर्षे प्रहरीको जागिरबाट राजिनामा दिएर गाउँ फर्कनुभएका राई नेचासल्यान गाउँपालिका १ र २ को सयुक्त भेलामा नेकपा माओवादी केन्द्रमा प्रवेश गर्नुभएको हो ।

राजनीति, व्यवसाय र साहित्य लेखनलाईसंगै अघि बढाउने द्येयले प्रहरी सेवा त्यागेका राईलाई माओवादी केन्द्रका केन्द्रिय सदस्य तथा प्रतिनिधि सभा सदस्य हेमकुमार राई ‘सुरवीर’ र केन्द्रका जिल्ला समन्वय समिति सचिव तथा थुलुङ दुधकोशी गाउँपालिका अध्यक्ष असिम राईले स्वागत गर्नुभएको थियो।

साहित्यकार राईसंगै विभिन्न दल परित्याग गरि ओपि कटेल लगायतका २१ जना नेता तथा कार्यकर्ता माओवादी प्रवेश गरेको सहकर्मी थिए।

माओवादी केन्द्र नेचासल्यान १ र २ को संयुक्त पार्टी कार्यालय उद्घाटन समेत गरिएको कार्यक्रममा प्रतिनिधि सभा सदस्य हेम कुमार राईले माओवादीबाट निर्वाचित जनप्रतिनिधिले गरेको कामबाट अन्य दल आत्तिएको दाबी गर्नुभयो । उनले परिर्वतनका एजेण्डा र विकास निर्माणको अगुवाईका हिसावले अन्य दलसंग तुलनै गर्न नमिल्ने बताउनुभयो । उहाँले स्थानीय नेता तथा कार्यकर्तालाई संगठन निर्माणमा एकजुट हुन अपिल गर्नुभयो।

कार्यक्रममा माओवादीका जिल्ला समन्वय समिति सचिव तथा थुलुङ दुधकोशी गाउँपालिका अध्यक्ष असिम राईले आगामी निर्वाचनमा सोलुका सबै स्थानीय तहमा माओवादीका उम्मेदवार विजयी हुने दाबी गर्नुभयो । उनले अन्य राजनीतिक दलबाट निर्वाचित जनप्रतिनिधिको कामको मुल्यांकन जनताले गरिसकेकाले आगामी निर्वाचन माओवादीमय बन्ने दाबी गर्नुभयो ।

माओवादी केन्द्र नेचासल्यान १ का पुर्व सयोजक सुहरी ढुङ्गानाको अध्यक्षतामा सम्पन्न भेलाले नेचासल्यान १ मा जमिन राईको अध्यक्षतामा २१ सदस्सीय र नेचासल्यान २ मा डिकबहादुर राईको अध्यक्षतामा १५ सदस्सीय वडा कमिटी चयन गरिएको छ । दुवै वडामा ५/५ सल्लाहकार समिति पनि चयन गरिएको छ ।

भेलामा माओवादीका प्रदेश सल्लाहकार रामेश्वर सिहं कार्की, नेचासल्यान इन्चार्ज केसरबहादुर राई, नेचासल्यान अध्यक्ष सिताराम भट्टराई, एकिकृत राष्ट्रिय शिक्षक सगंठन केन्द्रिय सदस्य एवं जिल्ला अध्यक्ष तिलक राई लगायत पार्टीका नेता कार्यकर्ताको उपस्थिति रहेको थियोे ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार