एमाले नेचासल्यान अध्यक्षमा बास्तोला

सोलुखुम्बु । नेचासल्यान गाउँपालिकाको एमाले अध्यक्षमा जगनाथ बास्तोला चयन हुनुभएको छ।

पालिका अधिवेशनले बास्तोलाको नेतृत्वमा ७१ सदस्यीय गाउँ कमिटी गठन गरेको छ । बास्तोला यसअघि पनि अध्यक्ष हुनुहुन्थ्यो। कमिटीको उपाध्यक्षमा कोषराज निरौला, सचिव ओम प्रसाद बास्तोला, उपसचिवमा कल्पना राई र आशिष राईलाई चयन भएका छन् ।

त्यस्तै, आशिष राईको नेतृत्वमा ४३ सदस्यीय राष्ट्रिय युवा संघ समेत गठन गरेको छ । नेकपा एमालेका प्रदेश सदस्य तथा निर्वतमान जिल्ला अध्यक्ष मानवीर राईको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा प्रदेश सदस्यहरु डिवि किराँती, कल्पना राई, सुर्य कुमारी सुनुवार, जिल्ला अध्यक्ष डुफकुमार बास्तोला, उपाध्यक्ष हर्क बहादुर राई, उपसचिव रामकाजी श्रेष्ठ लगायतको उपस्थिती रहेको थियो ।

अधिबेशनमा विभिन्न पार्टी परित्याग गरि २१ जना नेकपा एमालेमा प्रवेश गरेका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार