सोलुखुम्बुका किराती माओवादी केन्द्र प्रदेश १ सहसचिवमा निर्वाचित

नेकपा माओवादी केन्द्रले प्रदेश नं १ को पदाधिकारी निर्वाचनबाट टुगो लगाएको छ । प्रदेश कमिटी सर्वसम्मत बनाएको माओवादीले लामो समय सहमतिबाटै पदाधिकारी चयन गर्ने कोशिस गरेको थियो ।

बुधबार सम्पन्न निर्वाचनबाट हर्क बहादुर नेम्बाङ अध्यक्षमा निर्वाचित भएका छन् । उनले १६९ मत प्राप्त गर्दा उनका प्रतिद्धन्द्धी मुक्सामहाङ सुब्बा लिम्बुले ६४ मत ल्याएका छन् । उपाध्यक्षका लागि चुनावी मैदानमा रहेका ८ उम्मेदवारमध्ये देवन चाम्लिङ, शिव कुमार डाँगी र मणी कुमार साङपाङ विजयी भएका छन् ।

आज विहान सार्वजनिक अन्तिम मतपरिणाम अनुसार देवले १२०, शिवले ११३ र मणीले १११ मत ल्याएका छन् । एक सचिवका लागि भएको निर्वाचनमा गणेश उप्रेति विजयी भएका छन् । गणेशले १४८ मत पाउदा उनका प्रतिस्प्रर्धी सिपी कडिरियाले ८३ मत पाएका छन् । ३ सचिवका लागि भएको कुमारी राई, ऋषिराम ढुगाना र सागर किराँती विजयी भएका छन् ।

१३ जना आकांक्षिबीच भएको निर्वाचनबाट उनीहरु निर्वाचित बनेका हुन् । कुमारीले ११४, ऋषिरामले ९५ र सागरले ७३ मत पाएका छन् । सागर किराँती सोलुखुम्बुको महाकुलुङ गाउँपालिकाका अध्यक्ष समेत हुन् । सहसचिव पदमा सोलुखुम्बुका ठमनाथ पराजुली (ध्रुव) र ओखलढुंगाबाट निशान्त शर्मा पनि निर्वाचनमा होमिएका थिए । उनीहरु पराजित भए । ठमनाथले २६ मत पाउदा निशान्तले ४३ मत पाएका छन् ।

प्रदेश नं १ कमिटीको कोषाध्यक्षमा रेवतराज पुरी विजयी भएका छन् । आकांक्षि ४ उम्मेदवारबीच भएको निर्वाचनबाट ९३ मत सहित पुरी विजयी बनेका हुन् । अन्य उम्मेदवार वन्दना झागडले ५७, मदन कुमार चुडालले ५५ र राम कुमार कार्कीले २३ मत पाएका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार