देउवाले तोके नयाँ कार्यसमितिमा रहेका नेताहरुको वरियता, शेखर कोइराला २०औं नम्बरमा

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीको नयाँ कार्यसमितिमा नेताहरुको वरियताक्रम तोकेका छन् । देउवाले आफूसँग सभापतिमा पराजित भएका डा. शेखर कोइरालालाई भने २०औं वरियतामा राखेका छन् ।

वरियता तोक्ने क्रममा देउवाले आफूपछि रामचन्द्र पौडेललाई दोस्रो वरियतामा राखेका छन् । त्यस्तै, नेता कृष्णप्रसाद सिटौलालाई उनले तेस्रो स्थानमा राखेका छन् । १४औं महाधिवेशनमा पौडेल मतदानको प्रक्रियाबाट अलग भएका थिए । उनीहरुलाई देउवाले मनोनित गर्नेछन् ।

देउवाले आफूलाई पहिलो, दोस्रोमा पौडेल र तेस्रो सिटौलालाई वरियता तोकेको तर आफूसँग सभापतिमा पराजित नेता शेखरलाई भने २०औं वरियतामा राखेकोमा नेताहरुले नै असन्तुष्टि जनाएका छन् । कांग्रेसमा सभापतिसहित १३ जना पदाधिकारी रहन्छन्। त्यसपछि अन्य दुई नेतापछि मात्रै २० नम्बरमा कोइरालालाई राखिएको छ।रिपोर्टर्सनेपाल डटकमबाट

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार